लघुकथाकार भट्टलाई मनुमुक्त मानव अन्तर्राष्ट्रिय लघुकथा पुरस्कार

Dr Pushkar Raj Bhatta
Dr Pushkar Raj Bhatta
October 16, 5:39

असोज २९
धनगढी -

भारतको हरियाणामा कैलालीका लघुकथाकार पुष्करराज भट्ट सम्मानित भएका छन् । भारतको हरियाणा राज्यको नारनौलमामनुमुक्त मेमोरियल ट्रस्टको आयोजनामा भएको इन्डो नेपाल लघुकथा सम्मेलनमा उनलाई सम्मान गरिएको हो। सम्मेलनमा यस पटकदेखि प्रारम्भ गरिएको मनुमुक्त मानव अन्तर्राष्ट्रिय लघुकथा पुरस्कार २०१९ बाट उनलाई सम्मान गरिएको हो।

उनी गोरखा पत्र दैनिक अन्तर्गत नयाँ नेपाल डोटेली भाषाका पृष्ठ संयोजक एवम् नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्य पत्रिकाका कार्यकारी सम्पादक पनि हुन्। उनले नेपाली लघुकथामा प्रथम विद्यावारिधि गरिसकेका छन्। सो पुरस्कारमा सम्मान पत्र, दोसल्ला, अंगवस्त्र, मायाको चिनो र ११ हजार नगद रहेको थियो। भारतका दश प्रान्त र नेपालका गरेर तीन दर्जन लघुकथाकारको सम्मेलनमा सहभागिता रहेको थियो।

कार्यक्रम दुई सत्रमा सञ्चालित भएको थियो। पहिलो सत्रमा लघुकथाकार परिचय सहितको शुभकामना, संस्थाका प्रमुख अध्यक्ष डा। राम निवास मानवले गरेका थिए भने डा। जितेन्द्र भारद्वाजले प्रार्थना गीत प्रस्तुत गरेका थिए। समारोहमा भारतीय लघुकथा लेखनमा केन्द्रित भएर डा। सतीशराज पुष्करणा, डा। सत्य वीर मानव र पुरुषोत्तम दुबेले भारतीय लघुकथाको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा भारतीय लघुकथा समीक्षा र सिर्जनासँग सम्बन्धित पुस्तकका साथै नेपाली साहित्यिक पत्रिका नवप्रज्ञापनको नवीनतम अङ्कको समेत विमोचन गरिएको थियो। सम्मेलनमा गोरखा पत्र दैनिकका प्रधान सम्पादक ओम श्रेष्ठ रोदनका साथै नेपाली लघुकथाकार नवराज रिजाल, हरिप्रसाद भण्डारी, ध्रुवमधिकर्मी लगायत भारतका दुई दर्जन भन्दा बढी लघुकथाकालाई मनुमुक्तमानव लघुकथा गौरव सम्मान प्रदान गरिएको थियो।

सम्मेलनको दोस्रा सत्रमा लघुकथा वाचन गरिएको थियो। सो सत्रको सञ्चालन कान्ता राय, सभाध्यक्ष अशोक जैन एवम् प्रमुख अतिथि नेपाली लघुकथाकर, पूर्व प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी रहेका थिए। सम्मेलन हरियाणा कला परिषद्का निर्देशक अनिल कौशिकको अध्यक्षतामा सम्पन्न भएको थियो। सो सम्मेलनमा चौधरी बंसीलाल विश्वविद्यालय, भिवानीका रजिस्ट्रार डा. जितेन्द्र भारद्वाज प्रमुख अतिथि रहेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा