विश्व सैनिक खेलकुदमा डडेल्धुराका तेजको उत्कृष्ट सुरुवात

Tej_bdr_Deuba
Tej_bdr_Deuba
October 21, 7:06

डडेल्धुरा,

कात्तिक ४ - 

चीनको उहान शहरमा शुक्रबारबाट सुरु भएको सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाका बक्सिङ खेलाडी तेजबहादुर देउवाले राम्रो सुरुवात गरेका छन्। तेजले उक्त विश्व मिलिटरी खेलकुद प्रतियोगिता (सिआइएसएम) मा शनिबार भएको खेलमा ४९ केजी समूहमा म्यानमारका प्रतिस्पर्धीलाई ४–१ ले पराजित गर्दै पहिलो सहज जित निकालेका हुन्।

नेपाली सेनाले पहिलोपटक सहभागिता जनाएको यो प्रतियोगितामा उनले सोमबार वाइ पाएर आएका गुयानाका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्। उनीसहित सो प्रतियोगितामा नेपालबाट विभिन्न विधाका ४० जना खेलाडी सहभागि छन्।

बक्सिङ खेलाडी तेजको सागमा ‘स्वर्णपदक’ जित्ने लक्ष्य

दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको उक्त प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच बलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ गरि १३ वटा खेलमा मात्र सहभागीता जनाएको छ। आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यो प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ। प्रतियोगितामा पहिलो पटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको छ। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको ओलम्पिकपछिको दोस्रो ठूलो खेलकुद महोत्सवका रुपमा रहेको यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता छ। नेपाली सेनामा ‘जमदार’ रहेका तेज डडेल्धुराबासी हुन्।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा