बैतडीका दीपक बोहराले टि-ट्वान्टी क्रिकेटको एकै पारिमा बनाए १ सय ४५ रन

Deepak Bohara
Deepak Bohara
November 23, 6:05

बैतडी 

मङ्सिर ७ -

 दीपक बोहराले बैतडीमा जारी बिडिसिए कप टि ट्वान्टी क्रिकेट ईतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडीको रेकर्ड कायम गरेका छन् । निंगलाशैनी क्रिकेट क्लव (एनसिसि), देहिमाण्डौंको टोलीवाट बिडीसिए क्रिकेटको १९ संस्करणको लिग चरणको खेलमा उनले किर्तीमानी ब्याटिंग गर्दै ब्यक्तिगत १४५ रन बनाएर नयाँ रेकर्ड कायम गरेको हो ।

घरेलु मैदान निंगलाशैनी खेल मैदानमा दीपकले ५६ बलमा १४५ रन बनाएका हुन् । जसमा २० चौका र ७ छक्का सामेल छन् । उनले ४१ बलमै शतक बनाएका थिए । यसअघि बिडिसिए कपमै एकै ईनिंगमा सर्वाधिक रनकर्ता निंगलाशैनी क्रिकेट क्लव (एनसिसि) कै गजेन्द्र बोहरा रहेका थिए । गजेन्द्रले बिडिसिएको १७ औं संस्करणमा ५५ बलमा १४३ रन बनाएका थिए । दीपकले गजेन्द्रले बनाएको सवाधिक रनको रेकर्ड तोडेको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिए ।
दीपकले स्कुलस्तरिय यू–१६ राष्ट्रिय प्रतियोगिता, सुदूरपश्चिममा सम्पन्न मुख्यमन्त्री कप, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलीसकेका छन् । यसका साथै २ दर्जन बढी स्थानीय स्तरका प्रतियोगिता पनि खेलिसकेका छन् ।

दीपक एनसिसिका खेलाडी हुन् । उनी बिगत ३ बर्षदेखि काठमाडौंस्थित हिमालयन क्रिकेट एकेडेमीमा आवद्ध भएर निरन्तर प्रशिक्षणमा रहनुभएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौंमा वि स २०६० सालमा जन्मिएका दीपक निकै लगनशिल र मेहनती खेलाडीका रुपमा परिचित छन् । १५ बर्षिय दीपक दाँया हाते ब्याट्सम्यान हुन् । उनको अबको लक्ष्य घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा पर्ने रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा