मानव अधिकार रक्षकहरुको प्रादेशिक कार्यशाला धनगढीमा सुरु 

Insec
Insec
December 08, 9:18

धनगढी, मङ्सिर २२ - 
मानव अधिकार रक्षकको अधिकार प्रवर्द्धन, सुरक्षा तथा वर्तमान अवस्था विषयक २ दिने प्रादेशिक कार्यशाला धनगढीमा सुरु भएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकको आयोजनामा कार्यशाला सुरु भएको हो । कार्यशालामा प्रदेशका ९ वटै जिल्लाका प्रतिनिधि मानव अधिकार रक्षकको सहभागिता रहेको छ । 
हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरूप यो दिवस मनाइँदै आएको हो । 
विश्वमा सबैभन्दा भन्दा धेरै भाषामा अनुवादित र प्रकाशित घोषणापत्र हो, मानव अधिकार घोषणापत्र । जुन ५०० भन्दा बढी भाषामा अनुवादित र प्रकाशित छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको एक दिन अघि अर्थात् ९ डिसेम्बरमा मानव अधिकार रक्षक दिवस मनाइन्छ । यसैको पुर्वसन्धाको अवसर पारेर धनगढीमा मानव अधिकार रक्षकको सुदूरपश्चिम स्तरीय प्रादेशिक कार्यशाला सुरु गरिएको हो । 
मानव जन्मिने बित्तिकैदेखि मृत्यूपर्यन्तसम्म एउटा सम्मानित र समान जीवन बाँच्नालागि चाहिने सम्पूर्ण आधारभूत आवश्यकताहरू मानव अधिकार भित्र पर्दछन् । 
तर नेपालमा भने ती अधिकारको सुनिश्चितता भन्दा पनि तीनको सुनिश्चितता लागि अगुवाइ गरिरहेकाहरूले समेत आफू सुरक्षित महसुस गर्ने अवस्था बनिसकेको छैन । 
त्यसैले २ दिने कार्यशालामा सहभागी सुदूरपश्चिम प्रदेशका मानव अधिकार रक्षकहरू सङ्गठित भएर अधिकारको सुनिश्चितता सँगै कर्तव्य बोधमा समेत एकमत भएर अघि बढ्नुपर्ने र मानव अधिकारको क्षेत्रमा स्थानीय तहलाई अझ जिम्मेवार बनाउन निगरानी तथा सहकार्यलाई जोड दिनुपर्नेमा एकमत भएका छन् । 
२ दिने कार्यशाला धनगढी घोषणापत्र जारी गर्दै भोलि सम्पन्न हुने अनौपचारिक सेवा केन्द्र इन्सेकका सुदूरपश्चिम प्रमुख खडकराज जोशीले बताए । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा