प्रतिष्ठानका नवनिर्वाचित केन्द्रीय सदस्य धामीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न 

Surat
Surat
December 22, 6:12

कञ्चनपुर, ६ पौष – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कञ्चनपुरको आयोजनामा आज महेन्द्रनगरमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ७ औँ केन्द्रीय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्य नवीन सिंह धामीलाई  संस्थाका निवर्तमान केन्द्रीय पदाधिकारी प्रदेश संयोजक सुरत रावत डोटेली कान्छाले खादा अबिर लगाई बधाई ज्ञापन गर्नु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी  गीत प्रतिष्ठान नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष सरस्वती दाहालको सभापतिमा भएको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान केन्द्रीय पदाधिकारी सुप संयोजक सुरत रावत डोटेली कान्छाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य नवीन सिंह धामी विशिष्ट अतिथि रहनु भएको थियो । 
कार्यक्रममा महाकाली साहित्य सङ्गमका उपाध्यक्ष चिनाराम नेपाली , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बैतडी जिल्ला अध्यक्ष प्रेम विवश चन्द, प्रतिष्ठान कञ्चनपुर जिल्ला सचिव सरस्वती जिसी, कोषाध्यक्ष प्रदीप पाल, सह कोषाध्यक्ष मासुम विष्ट  लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो ।

Lok Dohori

 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा