राष्ट्रिय
August 16, 9:32
जनकपुर –
प्रहरीले जनकपुरबाट करिब एक क्विन्टल लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन् ।
उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट सोमवार साँझ १० पोका गाँजासहित पक्राउ गरिएको हो । बा ५ च १४० नम्बरको पिक अप भ्यानमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रदेश… विस्तृतमा
August 16, 1:36
विद्रोही समूह तालिबानले आइतबार अफगानिस्तानको राजधानी काबुललाई कब्जामा लिएको छ। आइतबार बिहानैदेखि काबुलतर्फ बढेका तालिबान लडाकुले साँझ राष्ट्रपतिको कार्यालय नियन्त्रणमा लिएका थिए।
अहिले विभिन्न देशले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालेका छन्। नेपाली नागरिकलाई पनि उद्धार गर्न निर्देशन दिएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन्।
प्रधानमन्त्री देउवाले… विस्तृतमा
August 16, 9:52
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक वालुवाटारमा बस्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले १० बजे बैठक बोलाएका हुन् । आजको बैठकमा नियमित एजेन्डाहरूमा छलफल र निर्णय हुने भनिए पनि केही सचिव र सहसचिव सरुवा पनि हुन सक्ने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
August 16, 12:09
काठमाडौँ– शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गरेका छन् ।
‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सीआईपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी उनले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गरेका हुन् । नेपाल राष्ट्रिय उद्योग… विस्तृतमा
August 15, 5:20
धनगढी - पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा १ हजार ८ सय ६७ जना कोरोना मुक्त भएका छन् । अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या ३९ हजार २ सय ९८ रहेको छ।
संक्रमण भएका ३३ जनाको मृत्यु भएको हो। अहिलेसम्म देशभर संक्रमण भएका १० हजार २ सय ९२ जनाको मृत्यु भइसकेको छ… विस्तृतमा
August 14, 11:57
काठमाडौं– पृथ्वीकै अहिलेसम्मकै सबैभन्दा गर्मी महिनाका रुपमा जुलाई महिना रहेको अमेरिकी संघीय वैज्ञानिकहरुको नियामक निकायले जनाएको छ ।
तथ्यांकले जुलाई महिनामा मात्रै जमिन र समुद्र सतहको संयुक्त तापक्रम शुन्य दशमलव ९३ सेन्टिग्रेड बढेर १५ दशमलब ८ डिग्री सेन्टिग्रेड पुगेको हो । यो १ सय ४२ वर्षपछिको सबैभन्दा उच्च तापक्रम हो । यस अघि तापक्रम वृद्धिको नयाँ रेकर्ड सन् २०१६ मा मापन गरिएको थियो ।
सन् २०१९… विस्तृतमा
August 13, 1:00
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले डडेल्धुरामा पाँच अर्बका योजना नहाल्ने बताएका छन्।
बिहीबार राष्ट्रिय सभामा अर्थमन्त्री शर्माले सन्तुलित विकासमा ध्यान दिइने जनाउँदै कुनै नेता विशेषको जिल्लामा ठूलो योजना नहाल्ने बताएका हुन्। प्रधानन्त्रीको जिल्लामा पाँच अर्बसम्मका योजना गएको भन्दै सांसदहरूले प्रश्न गरेपछि उनले डडेल्धुरामा पाँच अर्बका योजना नहाल्ने प्रतिबद्धता गर्दछुँ भनेका थिए।
“यो सरकारले… विस्तृतमा
August 13, 8:05
- श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदै छ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार… विस्तृतमा
August 11, 10:37
उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ' भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
डोटी घर केआईसिंह गाउँपालिका वडा नम्बर ६ गते घर भई काठमाडौं कीर्तिपुर नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय कुशल भनिने केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीको स्युचटारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
कोइरालाका… विस्तृतमा
August 11, 7:24
काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्यिाधुरा, लिपुलेक र कालापानीको भू–भाग फिर्ता ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समस्याको रुपमा देखाइएको भन्दै आपत्ति जनाउँदै ती भू–भाग फिर्ता ल्याउन चुनौति दिनुभएको हो ।
‘… विस्तृतमा
August 10, 5:24
काठमाडौं, २६ साउन । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।
अत्यावश्यक… विस्तृतमा
August 08, 1:28
मोहन पनेरु,डोटी
डोटीको मुख्य बजार रहेको पिपल्लामा सार्वजनिक शौचालय छैन। पिपल्लाका मुख्य व्यापारिक केन्द्रमा सार्वजनिक शौचालय नहुँदा आगन्तुक तथा यात्रुले सास्ती खेप्नु परेको छ ।
जिल्लाकै प्रमुख व्यापारीक केन्द्र मात्रै नभएर पहाडी तिन जिल्ला जोड्न बजार भएकाले त्यहाँ मानिस आउने जानेको भिडभाड हुन्छ ।
पिपल्लामा विभिन्न काम विशेषले आएका आगन्तुक तथा यात्रुलाई सार्वजनिक शौचालय नहुँदा सडक किनार, झाडी… विस्तृतमा
August 07, 11:37
धनुषा -प्रदेश २ को धनुषा जिल्लास्थित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफ्नो कार्यकक्षभित्रै कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउँदै गरेको फोटो सार्वजनिक भएको छ ।
मेयर दासले आफ्नै नगरपालिकामा काम गर्ने कार्यालय सहयोगी करण दाससँग आफ्नो कार्यकक्षमा सोफामा आरामले बसेर खुट्टा मालिस गराइरहेको तस्बिर समाजिक सञ्जालमा हालिएपछि उनको चौतर्फी आलोचना भएको हो ।
कोठाको भित्रबाट चुकुल लगाएर मेयर दासले… विस्तृतमा
August 03, 2:18
काठमाडौँ । सहसचिवको पश्नपत्रबारे उपसचिवहरूले आपत्ति जनाएका छन् ।
लोक सेवा आयोगले अहिले सञ्चालन गरिरहेको सहसचिवको परीक्षामा सोधिएका प्रश्नहरू सहसचिवका लागि नभई नासु स्तरमा सोधिने खालका प्रश्नहरू रहेको र घोकन्तेले लेख्ने खालको रहेको भन्दै आपत्ति जनाएका हुन् ।
एकातिर अनुभव र निर्णायक क्षमता नै भएन भन्ने, अर्कोतिर घोकन्ते प्रश्न सोध्ने ? परीक्षामा सहभागी एक उपसचिवले भने, -‘नीति निर्माण तहमा… विस्तृतमा
August 02, 7:01
१८ साउन, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक तथा मोडल दुर्गेश थापालाई बहिष्कार गर्ने निर्णय गरेको छ । आईतबार बसेको प्रतिष्ठानको केन्द्रीय कमिटी बैठकले थापालाई संस्थागत रुपमा बहिस्कार गर्ने निर्णय गरेको हो ।
थापाले पछिल्लो समय सार्वजनिक गरेको ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीतमा प्रयोग भएको शब्दमा आपत्ति जनाउँदै प्रतिष्ठानले उनीमाथि कारवाही गरेको हो । गीत… विस्तृतमा