राष्ट्रिय
August 26, 6:41
काठमाडौं, १० भदौ । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्त हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताएका छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगिएको जानकारी दिए।
अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको उनले बताए। निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक सरकार पुगेको छ।
“अनुसन्धानको प्रक्रिया बाहिर… विस्तृतमा
August 26, 6:28
काठमाडौं : सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा तुइनको तार चुडिएपछि बेपत्ता भएका भएका आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिए।
सरकारले हैजा खोप र एमआरएलए भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ। कार्कीले नेपाल कानून आयोगको… विस्तृतमा
August 22, 6:19
६ भदौ, काठमाडौं - पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना… विस्तृतमा
August 22, 2:15
धनगढी – अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर नेपाल ल्याएको जानकारी दिएको छ। मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ स्वागत टोल बस्ने २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर अपहरणमा परेका थिए।
उनीहरूलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय… विस्तृतमा
August 21, 2:46
धनगढी – कोरोना महामारीका कारण विद्यालय बन्द रहेको बेला पनि दिवा खाजाका लागि करोडौँ रुपैयाँ निकासा भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदन अनुसार लकडाउन भएर विद्यालय बन्द भएको बेलामा पनि पालिकाहरूले विद्यार्थी दिवा खाजाका नाममा २१ करोड ४२ लाख रुपैयाँ लगेका छन् । २०७७ सालको चैतदेखि लकडाउन सुरु भएपछि असारसम्म धनुषाको सबैला नगरपालिकाले एक करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ… विस्तृतमा
August 21, 2:02
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएयता मात्र ४८ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। गठनबन्धन सरकार बनेको ५ साताभित्र ४८ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्ध खोप लगाएका हुन्। देउवा प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना खोप लगाएको उनको सचिवालयले जानकारी दिएको हो।
योसँगै अहिलेसम्म देशभर खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१… विस्तृतमा
August 21, 1:52
काठमाडौं, ५ भदौ । नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालयका प्रमुखहरुको सरुवा गरेका हुन् ।
घिसिङले प्रदेश १ को प्रादेशिक… विस्तृतमा
August 21, 12:13
काठमाडौं, भाद्र ०५ । उपचारको क्रममा अस्पतालमा आमाको निधन भएको महिना दिन नपुग्दै, वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कोरोना सक्रमित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो । ५५ वर्षीय कलाकार थापामेरी हल्कारमाइलो, बास्सै, गोलमालसहित दर्जनौं टेलिश्रृंखलामा अभिनय गर्दै आएका थिए… विस्तृतमा
August 20, 7:28
४ भदौ, सुर्खेत - रुकुम पश्चिममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर थापा रहेका छन् ।
साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा शुक्रबार… विस्तृतमा
August 20, 10:57
धनगढी,४ भदौ – सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समुदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।
सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाईजात्रा स्वास्थ्य… विस्तृतमा
August 19, 7:02
काठमाडौँ । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहीबार(आज) सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय पनि गरेको छ।
August 19, 6:55
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वि.सं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सात वटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारू भएको जनाएका छन्।
उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान… विस्तृतमा
August 19, 12:55
रसुवा: घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन्। गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ। सदरमुकाम धुञ्चेबाट करिब ५०… विस्तृतमा
August 18, 11:38
काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर आफूलाई प्रमुखमा पुनर्बहाली गर्न माग गर्दै हितेन्द्रदेव शाक्यले दिएको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ ।
आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको थियाे । आफूलाई अघिल्लो… विस्तृतमा
August 17, 11:54
काठमाडौँ –द्धन्द्धग्रस्त अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली कामदार स्वदेश फर्किएका छन् ।
तालिवानले प्रान्तीय राजधानी कब्जा गरेपछि नेपालीहरू स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगै दुई अफगानी नागरिक पनि नेपाल आएको बताउनुभयो ।
तालिवानले अफगानिस्तान पूर्ण नियन्त्रणमा लिएसँगै थप नेपाली कामदारको उद्धार… विस्तृतमा