राजनीति
March 19, 5:22
धनगढी – नेपाली काँग्रेसको एक दिवसीय प्रशिक्षण तथा सचिवालय उद्घाटन कार्यक्रम धनगढी उपमहानगरपालिका वडा न.–६ मटियारीमा सम्पन्न भयको छ । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का सभापति धिरेन्द्र शाहीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिका का मेयर नृप वड प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा… विस्तृतमा
March 19, 12:45
काठमाण्डौं,५ चैत्र / एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।
राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै उनले भने, ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग बिहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के… विस्तृतमा
March 14, 10:29
धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने गठबन्धनमा सहमति भएको बताएका छन्। पार्टीको प्रशिक्षणका लागि धनगढी पुगेका प्रचण्डले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपाललगायतका नेतासँग सुदूरपश्चिमको मन्त्रिमण्डल पुनर्गठन गरेर नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने… विस्तृतमा
March 14, 10:26
धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गायक प्रकाश सपुतको गीतमा आवेगमा आउनुपर्ने आवश्यक नभएको बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सोमवार बिहानै धनगढी आइपुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै आफूले गीत पुरा हेरि नसकेको समेत बताए । प्रकाश सपुतको पछिल्लो गीत विवादमा आएको छ, तपाईँले कसरी हेर्नुभएको छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले… विस्तृतमा
March 10, 6:18
बैतडी- नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द बिहीबार शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा कांग्रेसमा प्रवेश गरेकी हुन् ।
चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरे । यस्तै, एमालेबाटै कार्यपालिका सदस्य भएका… विस्तृतमा
March 04, 6:53
धनगढीः नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ। सभापतिको मतगणना बिहीबार नै सकिएकोमा आज उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
उपसभापतिमा नारायणदत्त भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मत ल्याउदै विजयी भएका छन्। चौधरी र बडुवालले यसअघि जिल्ला सभापतिमै चुनाव लड्ने बताउदै आएका थिए भने मनोनयन… विस्तृतमा
March 03, 5:55
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।
भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो।
March 03, 5:38
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदान सकिएर मतगणना जारी छ। पहिलो चरणमा जिल्ला सभापतिमा प्रकाश बहादुर बमले सबैभन्दा बढी मत ल्याएका थिए भने दोस्रो चरणमा नारायणदत्त भट्टले अग्रता लिएका छन्।
५ ठाउँमा गणना भइरहेको पाँच वटै ठाउँमा भट्टको अग्रता छ। दुइृ वटा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुँदा भट्टलाई २१४ मतको अग्रता छ। निर्वाचन क्षेत्र नम्बर १ बाट भट्टले २७८ मत… विस्तृतमा
March 03, 4:37
धनगढी / नेपाली काँग्रेस कैलालीको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको् गणना शुरु भएको छ ।
कैलालीका पाँचवटै क्षेत्रका मत पाँच ठाउँमा गणना गर्न थालिएको छ ।
सभापतिमा पहिलो चरणमा पहिलो मत ल्याउने प्रकाशवहादुर वम र दोस्रो मत ल्याउने नारायणदत्त भट्टवीच प्रतिस्पर्धा छ । दोस्रो चरणको मतदानमा दुई हजार ४६७ मत खसेको छ । जिल्ला अधिवेशनमा दुई हजार ५७२ मतदाता रहेका थिए ।
March 03, 2:39
काठमाडौं १९ फागुन / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका नेता भीम रावलसँग भेट गरेका छन् ।पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित टोखा पुगेर उनले रावलसँग भेट गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ । संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको… विस्तृतमा
March 03, 1:32
धनगढी,१९ फागुन / नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०ले सत्ता स्वार्थका लागि एमसीसी पास गरेको बताएका छन्। प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधव नेपालले सरकारमा बस्न एमसीसी पास गर्न सघाएको आरोप लगाए।
यसले प्रचण्डहरू सत्ता स्वार्थका लागि जो पनि… विस्तृतमा
March 03, 1:04
धनगढी,१९ फागुन । धनगढी उपमहानगरपालिकाको मेयरका लागि सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्रबाट मेयरका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।उम्मेदवारी घोषणामा बोल्दै अभियान्ता हमालले धनगढीलाई मोडेल बनाउने लक्ष्य लिएको बताएका हुन् ।
‘५ वर्ष धनगढीलाई स्वयंसेवकको रूपमा काम गरेर देखाउन मेरो इच्छा हो। म माटाको… विस्तृतमा
March 02, 2:46
काठमाण्डौ १८ फागुन / प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । बुधबार दिउँसो १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।
गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी विपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।
February 28, 5:44
धनगढी,१६ फागुन ।नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।
१४ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव धकेलिएको हो ।
निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजयी हाँसिल गर्नका लागि कम्तीमा पनि एक हजार २४३ मत ल्याउनु पर्ने थियो ।
तर, तीनै… विस्तृतमा
February 28, 4:41
धनगढी,१६ फागुन / सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । जालझेल गरेर अमेरिकी सहयोग परियोजना (एमसिसी)अनुमोदन गरेको भन्दै पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको हो ।
आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयले गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध मात्रै ५ दलीय गठबन्धनको… विस्तृतमा