राजनीति
February 28, 4:16
काठमाडौं,१६ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले भनेका छन्, हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’
February 28, 12:28
धनगढी, १६ फागुन/ नेपाली काँग्रेस कैलालीको मतगणना अझै सुरु हुन सकेको छैन । आईतबार साँझ सकिएको मतदान मतगणना आईतबार १० बजे सुरु हुने भनेतापनि साढे १२ बजे सम्म पनि सुरु हुन सकेको छैन । पहिले सभापतिको मतगणना सुरु छ ।
तिनै पक्षले आफ्नै आडानमा अडिक रहेकाले सहमति हुन नसकेपछि मतगणना प्रकृया अगाडी बढेको छैन । सभापतिका उम्मेदबार नारायणदत्त भट्ट र प्रकाश बमले आफ्नो अडानमा पछि नहटेका कारण प्रकृया अगाडी… विस्तृतमा
February 27, 3:09
धनगढी – नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै एक जना प्रदेश कमिटी सदस्यले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य भरत बोहराले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनी माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर MCC… विस्तृतमा
February 21, 6:29
धनगढी,९ फागुन /राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले प्रदेश कमिटी गठन गरिएको छ। धनगढीमा शनिवार सम्पन्न पार्टीको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी गठन गरिएको हो ।
जनमोर्चा सुदूरपश्चिमले नन्दराम भट्टको नेतृत्वमा २५ सदस्यीय कमिटी चयन गरिएको पार्टीले धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
जसको उपाध्यक्षमा बेणिमाधब जोशी,सचिवमा राजाराम चौधरी,कोषाध्यक्षमा शेर बहादुर बिक र सहसचिवमा… विस्तृतमा
February 20, 3:59
८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् ।
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’
February 19, 11:24
काठमाडौं ७ फागुन / अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बस्ने बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो पार्टीका नेताहरुले बताएका छन् ।
सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत… विस्तृतमा
February 11, 12:44
काठमाडौ, २८ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसीसीबारे निर्णय लिन अनुरोध गरेका छन्।
बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालुले जानकारी दिए। प्रचण्डले ओलीलाई गरेको अनुरोध उद्धृत गर्दै रिजालले भने, ‘एमसीसीमा तपाईंले निर्णय… विस्तृतमा
February 10, 9:58
काठमाडौं ,२७ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो ।
स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न आज कार्यसम्पादन समितिको बैठक डाकिएको… विस्तृतमा
February 08, 5:37
कैलाली २५ माघ / नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । सदूरपश्चिमको धनगढीमा १६ र १७ फागुनमा अभिमुखीकरण कार्यक्रम तय गरिएको छ ।
महासचिव शंकर पोखरेलले प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न मंगलवार निर्देशन दिएका छन् । दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी… विस्तृतमा
February 08, 3:17
धनगढी । नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।
मलासीलाई नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जोशी,नेता गरिमा शाह लगायतले स्वागत गरेका हुन् । मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् ।
सोही बैठकबाट… विस्तृतमा
February 08, 2:00
हेटौंडा — कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।
February 07, 4:17
काठमाडौं २४ माघ / सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।
February 07, 1:47
कैलाली २४ माघ / नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महत पार्टीको प्रवक्तामा चयन भएका छन्। आज सभापति शेरबहादुर देउवाले नेता महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
पार्टीको १४औं महाधिवेशनमा सभापति देउवाको प्यानलबाट महामन्त्रीमा चुनाव लडेका महत पराजित भएका थिए।
February 07, 10:43
धनगढी २४ धनगढी / नेपाली काँग्रेस कैलालीले जिल्लाका तीन वडाध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ। १५ जना जनप्रतिनिधिले काँग्रेस त्यागेर अन्य राजनीतिक दलमा पार्टी प्रवेश गरेको भन्दै काँग्रेसले उनीहरुलाई पार्टीबाट पदमुक्त गरी जनप्रतिनिधि रहेको पद पनि खारेजीको माग गर्दै निर्वाचन आयोगलाई सिफारिस गरेको काँग्रेस कैलालीले जनाएको छ। उनीहरु काँग्रेसको साधारण सदस्य… विस्तृतमा
February 06, 6:28
काठमाडौँ,२३ माघ / सभामुख अग्निप्रसाद सापकोटासँग कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलन्द्रप्रसाद बडूले एमसीसी सम्झौता संसद्मा पेस गर्नेबारे छलफल गरेका छन्।
सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा पुगेर आइतबार मन्त्री बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्ने सरकारको तयारी रहेको जानकारी गराएका हुन् । सभामुख सापकोटाले भने संसद् बैठक सञ्चालन गर्नेबारे दलहरूले पहल लिनुपर्ने बताएका छन्… विस्तृतमा