राजनीति
February 06, 5:19
काठमाडौँ,२३ माघ / सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास… विस्तृतमा
February 02, 4:39
धनगढी,१९ माघ / पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा धनगढीमा प्रदर्शन गरिएको छ। नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले धनगढी बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्। उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि प्रदर्शन गरेका छन्। प्रदर्शनमा दोहरो झड्प हुँदा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरी दत्त जोशी घाईते भएका हुन ।
तत्काल पेट्रोलियम पदार्थमा भएको… विस्तृतमा
February 02, 11:12
धनगढी,१९ माघ / कैलालीको गोदावरी नगरपालिकामा नगर कमिटी गठनलाई लिएर नेकपा एमालेभित्र विवाद चर्किएको छ । एमाले सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको गृहनगर गोदावरीमा विधि र प्रकृया विपरीत नगर कमिटी घोषणा गरिएको भन्दै प्रतिनिधिले बन्दसत्र बहिष्कार गरेका छन् ।
नगर अधिवेशन उद्घाटन भएको करिब तीन महिनापछि बुधबार बोलाइएको बन्दसत्रमा निर्वाचन प्रकृयामै नगइ हलमा कमिटीको नाम घोषणा गरिएपछि केही… विस्तृतमा
February 01, 4:23
अत्तरिया,१८ माघ / नेकपा एमाले गोदावरी नगरकमिटीको नयाँ नेतृत्व चयनको लागी अध्यक्ष मण्डलले नाम प्रस्ताब गरेको छ । कैलाली जिल्ला अध्यक्ष रतन थापा सहितको अध्यक्ष मन्डल नगरकमिटीका पदाधिकारीको नाम घोषणा गरेर बाहिरएका छ ।
जस अनुसार अध्यक्षमा गोकर्ण भट्ट ,उपाध्यक्षमा बल बहादुर चौधरी ,सचिबमा जिबन कुमार शाह रहेका छन । यस्तै उप-सचिबमा राधा जोशी र महाबिर बिक मुन्ना रहेका छन । नगरकमिटी ७२ सदस्ययी प्रस्ताब… विस्तृतमा
February 01, 2:16
काठमाडौं/प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताएका छन् ।
वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका हुन् ।
भेटमा सहभागी कांग्रेस नेता किरण गिरीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, ‘स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ । त्यसको लागि तयारी गर्नू ।’
January 30, 3:03
काठमाडौँ,१६ माघ / सोमबारका भोलि १७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन्।
यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि माघ २६का लागि… विस्तृतमा
January 26, 11:01
धनगढी, १२ माघ - सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन्… विस्तृतमा
January 24, 9:59
डोटी,१० माघ / नेपाली कांग्रेस डोटी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । आईतबार पार्टी कार्यालयमा बसेको बैठकबाट कोषाध्यक्ष, सदस्य सहित आमन्त्रित सदस्यहरू मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिइएको हो ।
कांग्रेसको विधान अनुसार जिल्ला कार्यसमिती सदस्यमा भूमिराज बडु, दीपक शाही, सुशील घर्ती र बिस्ना बमलाई मनोनित गरिएको कांग्रेस सचिव गणेश खड्काले जानकारी दिए । त्यस्तै कोषाध्यक्षमा प्रमिला परियारलाई… विस्तृतमा
January 23, 2:46
काठमाडौं ,९ माघ / यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री… विस्तृतमा
January 21, 5:29
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दैै उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने बताउनुभयो ।
तीन तहको चुनाव गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको भन्दै उहाँले तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । अहिले प्रधानमन्त्री देउवाले… विस्तृतमा
January 20, 11:04
काठमाडौँ,६ माघ / स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।
आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहीबार… विस्तृतमा
January 18, 12:16
काठमाडौं ४ माघ / सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए ।
यस… विस्तृतमा
January 17, 10:05
काठमाडौँ,३ माघ / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र निर्वाचन आयोगले छपाइ गरेको छ।यही माघ १२ गते रिक्त १९ पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन गइरहेको छ।
उक्त निर्वाचनका लागि २०२५ जना मतदाता छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन् आयोगका अनुसार स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यका लागि भिन्नाभिन्नै… विस्तृतमा
January 14, 10:54
कंचनपुर,३० पुष / नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सरकार भ्रष्टाचार, आर्थिक अनियमिता र कमिसनमा लिप्त रहेको आरोप लगाएको छ । कांग्रेस प्रदेश समितिको धनगढीमा बसेको बैठकले प्रदेश सरकारलाई यस्ता गलत क्रियाकलाप अविलम्ब रोक्न सचेतसमेत गराएको छ ।
बैठकको निर्णयमा भनिएको छ– सुदूरपश्चिम प्रदेश सरकारको हालसम्मका कामकारबाहीको समीक्षा गर्दा प्रदेश सरकार सङ्घीयताको मर्म र भावनाविपरीत,… विस्तृतमा
January 14, 10:38
धनगढी ३० पुस / नेकपा एमालेले सुदूरपश्चिमका ८ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ । गत पुस २३ गते एकैसाथ अधिवेशन शुरु भएका ८ जिल्लामा सर्वसम्मत र निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व चुनिंदा संस्थापन पक्षको वर्चश्व छ । एकता प्रक्रियाबाट आएका र १० बुँदे पक्षधरहरु भने रक्षात्मक अवस्थामा देखिएका छन् ।
कैलाली, कञ्चनपुर, अछाम र दार्चुलामा निर्वाचन प्रक्रियाबाट तथा डडेल्धुरा,… विस्तृतमा