राजनीति
January 13, 11:16
काठमाडौँ,२९ पुस / निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने प्रस्ट्याएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभाको मतदानका लागि मतदाता सङ्ख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान… विस्तृतमा
January 12, 1:40
धनगढी,२८ पुष / नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेम सिंह धामी विजयी भएका छन्। ५ सय ८८ मत ल्याएर धामी अध्यक्षमा विजयी भएका हुन, भने उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् ।
यसैगरी एमाले दार्चुलाको सचिवमा ४सय २२ मत ल्याएर शेर सिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २ सय १२ मत ल्याएर पराजित भएका छन्। एमाले दार्चुलाको सह सचिवमा खडक बडाल… विस्तृतमा
January 11, 10:36
डोटी २७ पुष / नेकपा एमाले डोटीको अध्यक्षमा पुनः चक्रबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन्। यस अघि पनि जिल्ला अध्यक्ष रहेका उनी आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन।
२०६९ सालमा सम्पन्न जिल्ला कमिटीको सातौ अधिवेशनबाट पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका उनी पुनः अध्यक्षमा चुनिएका छन्। उनी एमालेका प्रभावशाली नेता भीम रावल निकट मानिन्छन्। त्यस्तै रावल निकट मञ्जु मालासी उपाध्यक्षमा चयन… विस्तृतमा
January 11, 10:21
धनगढी २७ पुस / नेकपा एमाले कैलालीको अध्यक्षमा रतनबहादुर थापा विजयी भएका छन् । प्रत्यासी रणबहादुर चन्दलाई ४ मत अन्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका हुन ।
थापाले दुई सय ८७ मत पाउँदा चन्दले भने दुई सय ८३ मत प्राप्त गरेका छन् । उनीहरू दुवै प्यानल सहित चुनावी मैदानमा होमिएका थिए ।
उपाध्यक्षमा थापा प्यानलका दुर्गाप्रसाद जोशी सबैभन्दा बढी तीन सय २७ मत ल्याएर विजयी भएका छन् भने चन्द प्यानलका… विस्तृतमा
January 10, 2:08
धनगढी,२६ पुष / नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा मतदान हुने भएको छ । नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमको राजधानी तथा प्रमुख जिल्लासमेत मानिने कैलालीको नेतृत्वका लागि एमाले नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
एकातिर पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल चुनावी… विस्तृतमा
January 10, 12:47
धनगढी,२६ पुष / कैलालीमा लामो समयदेखि तीन वटा निर्वाचन क्षेत्रका बासिन्दा प्रतिनिधि सभाका जनप्रतिनिधिविहीन छन् । कुल पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर १, ३ र ४ जनप्रतिनिधिविहीन छन् ।
प्रतिनिधि सभा निर्वाचन २०७४ मा कैलालीका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित तत्कालीन माओवादी केन्द्रका सांसद गौरीशंकर चौधरी र क्षेत्र नम्बर ४ लेखराज भट्टको… विस्तृतमा
January 10, 10:51
धनगढी २६ पुस / नेकपा एमाले जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । धनगढी स्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन् ।
यसअघि आइतबार बिहान ८ बजेका लागि… विस्तृतमा
January 09, 6:03
डडेल्धुरा,२५ पुस / नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएको भएपनि अन्तिममा उनी साउँदलाई नै अध्यक्ष बनाउन तयार भएका हुन्।
जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी ९विवेक०, सचिवमा गजेन्द्र शाही,… विस्तृतमा
January 09, 5:17
बैतडी,२५ पुस / एमाले बैतडीको नेतृत्वको लागि अन्ततस् सहमति भएको छ । सहमति बाटै पुनः सुरेन्द्र पाल एमाले बैतडीको अध्यक्षमा चयन भएका छन् ।
दुई दिनको रस्सा कस्सि पछि एमाले अध्यक्षमा पुनः पाल चयन भएका हुन । पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन गरिएको उनले बताए।
January 09, 2:30
डोटी पुस २५ / नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले तिनै तहको निर्वाचन नजिकै आइसकेकाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैले लाग्नु पर्ने बताएका छन् । प्रदेश सभा क्षेत्र ख निबर्तमान कार्यसमितिको बिदाइ तथा बर्तमान कार्यसमितिलाई बरबुझार कार्यक्रममा बोल्दै सभापति सिंहले अब नेताकार्यकर्ता सबैले महाधिवेशनको तुषलाई बिर्सेर नजिकिदै गरेको निर्बाचनमा केन्द्रिय हुने पर्ने बताए हुन्… विस्तृतमा
January 08, 3:22
धनगढी,२४ पुष / कैलालीमा नेकपा ९एमाले० निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ। जिल्ला अध्यक्ष लगायतका पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको हो।
तालिका अनुसार आज दिउसो ३ बजेदेखि ३ः ३० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ। यस्तै ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजै साझ ७ः ३० देखि ८ः ३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन… विस्तृतमा
January 07, 5:14
डोटी,२३ पुष / डोटीमा कार्यरत निजामती कर्मचारीका हरेक सुख दुःखमा नेपाली कांग्रेसले साथ दिने कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले बताएका छन् । शुक्रबार दिपायलको राजपुरमा भएको नेपाल निजामती कर्मचारी युनियनको नवौ जिल्ला अधिवेशनका क्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सभापति सिंहले कांग्रेसले सबै कर्मचारीका पीडा बुझ्ने बताएका हुन् ।
घर छाडेर देशको सेवा गर्दै दुर्गममा पनि पुग्ने प्रण गरेका… विस्तृतमा
January 07, 12:36
डोटी,२३ पुष / नेपाल निजामती कर्मचारी युनियन डोटीको नवौ जिल्ला अधिवेशन डोटीको राजपुरमा सुरु भएको छ ।
युनियनका जिल्ला अध्यक्ष परमानन्द जोशीको अध्यक्षतामा भइरहेको कार्यक्रममा काग्रेसका जिल्ला अध्यक्ष नरेन्द्रबहादुर सिंह प्रमुख अतिथी रहेका छन् । कार्यक्रमको उद्घाटन सत्र अहिले चलिरहेको छ ।
January 07, 12:04
धनगढी,२३ पुस / कैलालीमा नेकपा एमालेको जिल्ला अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन थापाथाली स्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुप मार्फत उद्घाटन गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा बझाङ बाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा शुक्रवार जिल्ला अधिवेशन हुन लागेको हो । दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय… विस्तृतमा
January 06, 4:59
धनगढी, २२ पुस/राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताएका छन् । बिहिबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरुलाइ सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्गदेनले सो कुरा बताएका हुन् ।
अहिलेका राजनीकि दलका नेताहरुले राजनीतिलाई पैशा कमाउने पेशा बनाएको प्रति आक्रोश व्यक्त गर्दे अब ति काँग्रेस कम्न्युष्टका बिरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने… विस्तृतमा