राजनीति
January 06, 4:23
कञ्चनपुर,२२ पुष / कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का महेशदत्त भट्ट शिक्षण पेशामा संलग्न छन् । उनी तिलाचौरस्थित वालजागृती आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत हुन् । शिक्षकले प्रत्यक्ष राजनीतिमा संलग्न हुन पाइदैन । तर, भट्ट भने एकैपटक दुई पार्टीमा कृयाशील भएको पाइएको छ ।
उनी ३ भदौमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत समाजवादी र नेकपा एमाले दुबैमा कृयाशील भएको पाइएको हो । समाजवादीको संगठन… विस्तृतमा
January 06, 4:16
धनगढी,२२ पुष / नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशन नजिकिएसँगै नेताहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । भोलि ९शुक्रबार० हुने जिल्ला अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले आकांक्षीहरुको दौड्धुप बढेको छ ।
आकांक्षी नेताहरुले सामाजिक सञ्जाल तथा व्यक्तिगत भेटघाट गरी प्रचार गरिरहेका छन् । अध्यक्षका लागि तत्काल तीन जना नेता मैदानमा देखिएका छन् । अध्यक्षको दौड्मा छन्, पार्टी सचिव तथा… विस्तृतमा
January 06, 4:09
धनगढी,२२ पुस / कैलाली आगामी माघ १५ गते हुन गैरहेको नेपाली कांग्रेस कैलालीको १४ औं महाधिवेशनका लागि जिल्ला सभापतिमा युवा नेता भिम बडुवालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
१३ औं महाधिवेशनमा पराजित बडुवालले बितेको पाँच बर्षमा आफु सधै पार्टीको हितमा कार्य गर्दै आइरहेकोले आफू निर्वाचित भए पार्टीका सबै अग्रज नेता ज्युहरु र कार्यकर्ताहरुलाई कहिल्यै निराश नपार्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाली… विस्तृतमा
January 05, 9:52
काठमाडौँ,२१ पुस । देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको बुधवार सांझ बसेको बैठकले खरेललाई गुप्तचरको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका गुप्तचर प्रमुख गणेश अधिकारीको तीन वर्षे कार्यकाल सकिएपछि खरेललाई प्रमुखमा नियुक्त गरिएको हो ।
January 05, 3:31
धनगढीः दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टीले संगठन विस्तारमा तीव्रता दिएको छ। सोहीक्रममा मंगलबार जिल्लाको मार्मा गाउँपालिकामा पनि पार्टीले पालिका कमिटी गठन गरेको छ।
जगतसिंह विष्टको नेतृत्वमा कमिटी गठन गरिएको बताइएको छ। विष्टको नेतृत्वमा २८ सदस्यीय कमिटी गठन गरिएको हो।
January 05, 2:37
धनगढी, २१ पुस/नेपाली काँग्रेस कैलालीका नेता केशव मिश्रले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । मिश्रले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आसन्न जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काँग्रेस पार्टीलाई सशक्त बनाउन उम्मेदवारी दिएको बताउँदै मिश्रले भने, ‘पार्टीको इमानदार सिपाही भएर नागरिकका जनजिविकासँग जोडिएका हरेक मुद्दा उठान गर्दै आएको कुरा जगजाहेर नै छ ।… विस्तृतमा
January 05, 11:57
धनगढी,२१ पुष / नेपाली कांग्रेसको १६ जिल्लामा रोकिएको जिल्ला अधिवेशन फेरि सरेको छ। जिल्ला अधिवेशन हुन नसकेको कैलालीसहितका सबै जिल्लामा माघ १५ गते निर्वाचन तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि २७ पुसमा जिल्ला अधिवेशन तोकिएको थियो।
राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखेर जिल्ला अधिवेशन सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बताए। राष्ट्रिय सभा सदस्यको निर्वाचन… विस्तृतमा
January 04, 9:25
धनगढी,२० पुष / नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकारको कामकारबाहीबाट जनता निराश भएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले प्रदेश सरकारले जनताको पक्षमा काम गर्न नसक्दा रुष्ठ भएको बताएका हुन् ।
‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ । कार्यकर्ता पाल्ने, आसेपासेलाई फाइदा दिनबाहेक जनताका आधारभुत… विस्तृतमा
January 04, 3:27
धनगढी,२० पुष / राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालो सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।
एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि आवश्यक… विस्तृतमा
January 04, 11:32
काठमाडौं २० पुस / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।
निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि… विस्तृतमा
January 04, 11:18
काठमाडौं,२० पुष । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ ।माओवादीका अध्यक्ष प्रचण्ड मंगलबार बिहान राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको टुङ्गो लगाएका हुन् ।
माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकी प्रदेशमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णाली प्रदेशमा नरबहादुर विष्ट ९अपाङ्गरअल्पसङ्ख्यक० र सुदूरपश्चिम प्रदेशमा जगत… विस्तृतमा
January 03, 5:18
धनगढी,१९ पुष / नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । खुल्ला, दलित र महिलातर्फका तीनजना उम्मेदवारको टुंगो लागेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए । खुल्लामा कैलालीका डिल्लीराज भट्ट, दलितमा बैतडीका नरेश बिक र महिलामा कैलाली कै सन्तोष शर्मा थापा उम्मेदवार बनेका छन् ।
यसअघि एमालेले ९ जनाको नाम सिफारिस गरेको थियो । ती मध्ये तीनजनालाई… विस्तृतमा
January 03, 1:19
काठमाडौं , १९ पुस सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।
यसअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता… विस्तृतमा
January 03, 12:56
डोटी,१९ पुष / नेपाल प्रेस युनियन डोटी शाखाले डोटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिहं महरले कांग्रेसलाई विकाससँग जोड्ने बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई विकाससँग जोड्ने प्रतिबद्धता जनाएका हुन्।
कांग्रेसलाई विकाससँग जोडे मात्रै राजनीतीलाई प्रत्यक्ष जनतासँग जोड्न सकिने उनले बताए । कांग्रेस देशका ७७ वटै… विस्तृतमा
January 03, 10:55
धनगढी १२ पुष /नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको नामलाई ध्वनी मतका आधारमा निर्वाचित गरिएको हो। कैलालीका ५ जना, डडेल्धुराका ४, बझाङका तीन,… विस्तृतमा