बैतडीमा फेरि अर्की बालिका ओछ्यानबाटै लगेर ज्यान लियो चितुवाले, ५ सय मिटर पर भेटियो शव

chituwaa attack
chituwaa attack
March 10, 10:06


बैतडी, फागुन २७ - बैतडीमा चितुवाको आक्रमणबाट फेरी एक बालिकाको ज्यान गएको छ । ओछ्यानमा सुतीरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका वडा नं ९ का पदमराम लुहारकी ८ बर्षीय छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ । ओछ्यानबाटै लुहारलाई चितुवाले लगेको र ५ सय मिटर पर सीताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकी सीता अपांगता भएकी व्यक्ति रहेको बुझिएको छ । चितुवाले आक्रमण गर्दा घर परिवार र अन्य छरछिमेकले होहल्ला गर्दागर्दै चितुवाले सीतालाई ओछ्यानबाटै लगेको हो । आज बिहान ४ बजेतिर सो घटना भएको प्रहरीले जनाएको छ ।

यही फागुन २१ गते राती पनि चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका ४ खडितका १५ बर्षीय बालक हर्कबहादुर साउँद घाइते भएका थिए  । २०६८ साल यता बैतडीमा नरभक्षी चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा