कोभिड-१९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ : मोदी

modi
modi
March 15, 6:54

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपत्कालीन् कोष खडा गर्न प्रस्ताव गरेका छन् । 

आइतबार कोभिड–१९ विरुद्धको लडाइँमा आगामी रणनीति तयार गर्न सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले संयुक्त आपत्कालीन कोष स्थापनाका लागि प्रस्ताव गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले हरेक राष्ट्रले यसमा योगदान गर्ने र आवश्यकता अनुरुप यसलाई परिचालन गर्न सकिने पनि बताए । मोदीले यस कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर(करिब एक अर्ब नेपाली रुपैयाँ) बराबरको राशी कोषमा जम्मा गर्ने पनि बताए ।
कोभिड–१९ को प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा समेत असर पार्ने भन्दै भारतीय प्रधानमन्त्री मोदीले सार्क राष्ट्रबीचको सहकार्यले मात्रै यस समस्याको पार लाग्‍ने बताए । मोदीले सार्क राष्ट्रको अर्थतन्त्र मजबुत बनाउन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने पनि बताए ।

भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा