सुदूरपश्चिममा भारतबाट आएका थप तीन जनामा कोरोना पुष्टि, दार्चुलामा पनि भेटिए संक्रमित

Corona
Corona
May 28, 11:40

धनगढी, जेठ १५  - सुदूर पश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई जना कैलाली र एकजना दार्चुलाका पुरुषमा कोरोना पुष्टि भएको हो।

कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

नयाँ संक्रमित तिनै जना भारतबाट आएको खुलेको छ। कैलालीको जानकी गाउँपालिका १ मा रहेको सरस्वती माविको क्वारेन्टाइनमा रहेका दुई जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका सक्रमित जिल्लाकै नाकाबाट स्वदेश फर्किएको खुलेको हो।

दार्चुलाका संक्रमित भने उतै छन्।

यससँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमतिको सङख्या २० पुगेको छ। प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एकरएक जनामा कोरोना पुष्टि भएकोमा पाँच जना संक्रमित कोरोनालाई जितर घर फर्किएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा