क्वारेन्टाइन नामका मृत्यु केन्द्रमा फेरि सुदूरपश्चिमका दुई युवकको मृत्यु

Shab
Shab
June 07, 8:21

धनगढी, जेठ २५ - सुदूरपश्चिममा भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका दुई युवकको मृत्यु भएको छ । 

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिन अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक १९ वर्षीय युवकको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले उनको आज बिहान सिताराम आधारभुत विद्यालयको क्वारेन्टिमा मृत्यु भएको बताए। युवक ७ दिन पहिले भारतको लुधियानाबाट फर्किएका थिए।
उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि आजै धनगढी पठाउने तयारी रहेको उनको भनाइ छ ।

यता बैतडीको क्वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ । शनिबारनै भारतबाट बैतडी पुगेर पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेको पाटन ६ सन्तोली घर भएका ३१ बर्षीय पुरुषको ज्यान गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिएका छन ।
महराले उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका र साँझ ६ बजेतिर बेहोस भएपछि उपचारकै क्रममा राति मृत्यु भएको बताए । उनको स्वाब संकलन गरि परीक्षणका लागी धनगढी पठाइसकेको उनले जानकारी दिए । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा