नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष पार्टी परित्याग गरी नेकपा प्रवेश

Nekapa Prawes
Nekapa Prawes
June 07, 4:07

दार्चुला, जेठ २५ – स्थानीय तहको निर्वाचनमा अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसबाट विजयी वडाअध्यक्ष दिलिपसिंह धामीले पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका वडाअध्यक्ष धामीलाई एक कार्यक्रमका बिच शनिबार नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, नेकपा जिल्ला सचिवालय कमिटि सदस्य तथा अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्याल, नेकपा अपिहिमाल गाउँपालिका कमिटि सचिब धर्मसिह धामी, नेकपा जिल्ला कमिटि सदस्य सुरेन्द्र सिह महता, नेकपा अपिहिमाल गाउँकमिटि सचिवालय सदस्य गामसिह धामी लगायत नेकपा अपिहिमाल गाउपालिका कमिटीले स्वागत गरेको नेकपा जिल्ला कमिटी सदस्य सुरेन्द्र महताले जानकारी दिनुभयो ।

नेकपाको पार्टी विधान, शिद्धान्त र वर्तमान सरकारले गरिरहेका कामहरुबाट प्रभावित भएर नेकपा प्रवेश गरेको नवप्रवेशी दिलिपसिह धामीले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा