धनगढीमा १ सय २० जना यातायात मजदुरको आरडिटी परीक्षण, १० जना पोजेटिभ

Dhn
Dhn
June 16, 11:51


धनगढी, २ असार
भारतबाट भित्रिएका ब्यक्तिहरुलाई सिमा देखि क्वारेन्टाईनमा पु¥याउने काममा खटिएका यातायात मजदुरहरुको मंगलबार आरडिटी परीक्षण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले त्रिनगरभन्सार नाकामा आएका ब्यक्तिहरुलाई बोक्ने बसका १ सय २० जना चालक र सहचालकहरुको आरडिटी परीक्षण गरेको हो । परीक्षणका क्रममा १० जनामा आरडिटी पोजेटिभ देखिएको छ ।
निकै जोखिमका बिच यातायात्र मजदुरहरुले काम गरेका थिए धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, यातायात ब्यावसायीहरुको अनुरोध गरेपछि हाम्रो स्वास्थ्य शाखाका कर्मचारीहरु बिहानै देखि चेकजाँचमा खटिएका हुन । 
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले क्वारेन्टीनमा राखिएकाहरुमा कोरोना पोजेटिभ देखिएकाले स्वभाविक रुपमा उनिहरुलाई बोक्ने बसमा अटिएका ब्यक्तिहरु जोखिमा रहेको बताए । उनले भने, बसपार्क क्षेत्रमा चेकजाँच बढाउनु जरुरी रहेको छ ।
 
गैससहरुद्धारा उप–महानगरमा आगामी आर्थिक बर्षको कार्यक्रम पेश
धनगढी, २ असार
धनगढी उप–महानगरपालिका क्षेत्र भित्र काम गरिरहेका गैरसरकारी संस्थाले मंगलबार आगामी आर्थिक बर्ष २०७७÷०७८ को कार्यक्रम पेश गरेका छन् ।
गैसस समन्वय समितिका संयोजक तथा धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टका अनुसार गैससहरुले कार्यक्रममा चालु आर्थिक बर्षमा गरेका कामको समिक्षा र आगामी आर्थिक बर्ष २०७७÷०७८ को कार्यक्रम उप–महानगरपालिकामा पेश गरेका हुन । संयोजक भट्टले गैससहरुको कार्यक्रम आफ्नो ढाँचामा संचालन भैरहेका भएपनि अवको कार्यक्रमहरु कोरोना रोकथाममा केन्द्रित हुनुपर्ने धारणा राखिन । यहाँहरु जुनसुकै समुदाय वा लक्षित बर्गमा पसेर काम गरिर राख्नु भएको छ त्यहाँ कोरोना सम्वन्धी जनचेता फैलाउने र आयआर्जन बढाउने किसिमका गतिविधी संचालन गर्न म आग्रह गर्दछु संयोजक भट्टले भनिन्, यस्ता कार्यक्रम गर्दा डुब्लीकेशन नहुने तर्फ चनाखो हुनुहोला ।
कार्यक्रममा गैसस समन्वय समितिका सल्लाहकार तथा नगरप्रमुख नृपबहादुर वडले गैससहरु विकास निर्माणका लागि स्थानीय सरकारका साझेदार र पहरेदार भएको बताए । कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटा र बिभिन्न गैससहरुका प्रतिनिधीहरु सहभागि थिए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा