धनगढी उप–महानगरपालिकामा कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरु

Covid
Covid
June 27, 9:28

धनगढी, १३ असार - 
धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएका क्वारेन्टीन र आईसोलेशन ब्यबस्थापनमा सहयोग पु¥याउनका लागि कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरु गरिएको छ ।
जिआईजेडको संयोजन संघीय गणतन्त्र जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाको साझेदारी तथा धनगढी उप–महानगरपालिका संगको समन्वयमा कार्यक्रम सुरु भैरहेको हो । 
कोभिड–१९ प्रतिकार्य कार्यक्रमको उदेश्य भनेको क्वारेन्टीन र आईसोलेशनमा खानेपानीको ब्यबस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहर मैलाको ब्यबस्थापन गर्ने हो धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, यस कार्यक्रमले हामीलाई क्वारेन्टीन ब्यबस्थापनमा राहत पुग्ने छ । नगरप्रमुख वडले कार्यक्रम संचालनका लागि धनगढी उप–महानगरपालिकालाई छनौट गरेकोमा जिआईजेड , संघीय गणतन्त्र जर्मन राजदुतावास र नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखालाई धन्यवाद दिए ।
नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाका सभापती तथा रेडक्रस केन्द्रिय सदस्य उत्तम जोशीले कार्यक्रम संचालनका लागि शनिवार मात्रै धनगढी उप–महानगरपालिका संग समन्वयात्मक बैठक बसेको बताए । यो कार्यक्रम अन्तरगत क्वारेन्टीन र आईसोलेशनमा खानेपानीको ब्यबस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहर मैलाको ब्यबस्थापनमा ६४ लाख बराबर रकम रहेको पनि सभापती जोशीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा