डोटीमा पहिरोमा पुरिएर एक शिशुको मृत्यु, ४ जना भागेर बाँचे, आमाको अवस्था गम्भीर 

pahiro
pahiro
July 05, 5:35

डोटी, असार २१ – डोटीमा पहिरोमा पुरिएर एक शिशुको ज्यान गएको छ। आइतबार बिहान जिल्लाको पूर्वी चौकी गाउँपालिका–४ साना गाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो । पहिरोमा परि मृतक शिशुकी आमा २५ बर्सिया देवा नेपाली गम्भीर घाइते भएकी छन् । मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

त्यस्तै गम्भीर घाइते आमालाई उपचारका लागि पनि डोटी अस्पतालमा ल्याइएको छ । पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरू भने भागेर बाँच्न सफल भएका छन् । पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रूपमा क्षति भएको स्थानीयले बताएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा