८ महिने शिशुलाई कोरोना पुष्टि तर आमाबुबाको रिपोर्ट नेगेटिभः तीनै जनालाई राखियो आइसोलेसनमा !

Corona
Corona
July 05, 7:53

बैतडी, असार २२ – बैतडीमा ८ महिने शिशु (बालिका)मा पनि कोरोना सङ्क्रमणको पुष्टि भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ८ की ती शिशुमा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो। पुष्टि हुने ती शिशु भारतबाट फर्किएकी कोभिड १९ सम्पर्क व्यक्ति जोशीले बताए। ‘आमाबाबुसँगै भारतबाट आएका शिशुका आमाबुबाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ’, शिशुसहित आमाबुवाको यसअघि आरडिटी पोजेटिभ आएको भए पनि शिशुमा मात्रै कोरोना देखिएको हो।

सङ्क्रमित शिशुको स्वास्थ्य अवस्था सामान्य छ। कोरोना पुष्टि भएसँगै शिशुसहित आमाबुबा पनि पुर्चौडी नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको छ। यसैबिच बैतडीमा ८ महिने शिशुसहित ७ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या २ सय ८२ पुगेको छ।

पुर्चौडी नगरपालिकाका ८ महिने शिशु, मेलौली नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना, सिगास गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबै भारतबाट फर्केका र उनीहरुको आरडीटी रिपोर्टसमेत पोजेटिभ रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। संक्रमण पुष्टि भएकालाई छुट्टै आइसोलेसनमा बस्न सुझाव दिइएको छ।

२ सय ८२ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ५० जना संक्रमित रहेका छन्। यस्तै शिवनाथ गाउँपालिकाका ४८, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ३९, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७,सुर्नया गाउँपालिकाका १४,पाटन नगरपालिकाका १२, पुर्चौंडी नगरपालिकाका ८ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये धेरैजसो १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किसकेका स्वास्थ्य कार्यालयले जनाएको छ। रिपोर्ट ढिलो आउँदा उनीहरु रिपोर्ट नआउँदै घर फर्केका हुन्।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा