सदरमुकाम चैनपुर जोड्ने मुख्य सडक सेती नदिले बगायो, आवतजावतमा समस्या

बझाङ
बझाङ
August 10, 9:51

२०७७ साउन २६ गते सोमबार
दोरेन्द्र खड्का,बझाङ

जयपृथ्वी राजमार्गकाे खाेड्पे चैनपुर सडक खण्ड अन्तरगत जाले बगरमा सेती नदिले मुख्य सडक बगाएको छ ।

लगातार अाएकाे अविरल बर्षाले गर्दा सेती नदिकाे वाहव बढेपछि जयपृथ्वी राजमार्गकाे सो सडक खण्ड बगाएको हाे । जिल्लामा जाेडिने याे मुख्य सडक बगाएपछि सदरमुकाम चैनपुर अाउन जान निकै कठिनाई भएको देखिन्छ ।

नदिले सडक बगाए पछि यातायातका साधानहरु दुवै तिर ठप्प भएको छन भने बगाएको स्थानमा बैकल्पिक उपाएपनि नभएको देखिन्छ । अहिले विपद व्यावस्थापन समितिले सबैलाई सजक रहनअनुराेध समेत गरिसकेको छ । जिल्लामा जाेडिने सडक खण्ड अलिअलि वर्षा भए सँगसँगै अवरुद्ध हुने गर्दथे भने अाज ठप्प भए पछि सम्वन्धित निकायले अलि चासाे देखाएकाे हाे ।

बझाङ बाट धनगढी-महेन्द्रनगर वा बाहिरी जिल्लामा यात्रा गर्ने यात्रुहरूले विगतका दिनहरुमा ठुलाे समस्या भाेग्नु परेको छ । सडक डिभिजन कार्यालय बैतडीले जिल्ला हेर्ने भए पछि त्यति चासाे नदिएकाे हुदा केदारस्यू गाउँपालीकाकाे नारुगाैडा,झनाना माेरीवगर,कचाली खाेला ,तमैल जालेबगर ,सुवेडाका अधिकाश भागहरुमा यात्रुले ठुलाे समस्या खेप्नुपरेकाे छ । सडककाे ठेक्का पाएका ठेकेदारकाे लापरबाहीका कारण,वित्थडचिर गाउँपालीका देखि केदारस्यूमा पिच गरिएको सडककाे पनि कालाेपत्रे उप्कदै अाएकाे छ । ठेकेदारले स्टमेट अनुसार काम नगर्दा निर्माण गरेकाे ६ महिना नवित्दै खाल्डाखुल्डी र गरेको पिच उप्कदै गएको स्थानीयहरुकाे अाराेप लगाएका हुन ।

बझाङ जिल्लाकाे केदारस्यू गाउँपालीका देखी चैनपुर सम्म डाेजर लगाएर सडक सफा नगरे सम्म यात्रुहरुले धाेका पाउने देखिन्छ । यसमा सम्वन्धित निकाय र जनप्रतिनिधिकाे ध्यानाकर्षण हुन जरुरी छ भने सडक डिभिजन कार्यालय बैतडीले जिल्लामा कुनै काम नगर्दा अझै समस्या देखिएको छ । सडक डिभिजन कार्यालय सुतेको हुदा बझाङ जाेडिने खाेड्पे चैनपुर सडक खण्ड मा यात्रुले दिनानुदिन दुख पाउने गरेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा