डोटीको प्रयोगशालामा भएको परीक्षणमा १८जनामा कोरोना संक्रमण पुष्टि
२०७७, भाद्र ४गते बिहीवार
चक्र बलायर, डोटी
डोटीमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीका अनुसार हिजो र अाज जिल्ला अस्पताल डोटीमा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का एक जना पुरुष र एक जना महिला,वडा नम्वर ३ का एक जना पुरुष,वडा नम्वर ४कि एक जना महिला,वडा नम्वर ५का ३ जना पुरुष र २ जना महिला, वडा नम्वर ६ का २जना पुरुष र एक जना महिला,वडा नम्वर ८ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
तेसैगरि जिल्ला प्रहरी कार्यालयका दुईजना पुरुष र एक जना महिलामा संक्रमण देखिएको छ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक इन्द्र मल्लका अनुसार उनिहरु काठमाडौं बाट सरुवा भएर डोटी अाएका थिए ।राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत एक जना महिलामा पनि कोरोना देखिएको छ ।
त्यस्तै जिल्लाको के अाइ सिंह गाउपालिकामा एक जना महिलामा संक्रमण देखिएको छ । १४७ नमुना मध्य १२९ को नमुना नेगेटिभ देखिएको छ भने १८ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल डोटीले जनाएको छ।