महिला- मैत्री कानुन बनाउन माग गर्दै दिपायल सिलगढी नगरपालीका प्रमुखलाई ज्ञापन पत्र बुझाइयो

Doti
Doti
August 27, 7:22

२०७७ भदौ ११ गते बिहीबार
चक्र बलायर,डोटी
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र न्याय तथा अधिकार संस्था जुरी नेपालले संयुक्त रुपमा नगरपालीकालाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र न्याय तथा अधिकार संस्था जुरी नेपालको संयुक्त सयोजकत्व तथा डोटीमा क्रियासिल रहेका बालबालिका तथा महिलाहरुका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको साझेदारिमा दिपायल सिलगढि नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन ।

लैंगिक समानता र सामाजिक समावेशीकरणको नीति निमार्णको लागि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटीका अध्यक्ष कुमार टेलरको नेतृत्वमा गएको टोलीलले दिपायल सिलगढी नगरपालिकाका नगर- प्रमुख मञ्जु मलासिलाई ज्ञापन पत्र बुझाएको हो । नगरपालिका संग सम्बन्धित नीति तथा कार्ययोजनाको तर्जुमा गर्दा मौलिक हकको कार्यान्वय संग सम्बन्धित कानुन बनाउन नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको दलित समाज कल्याण संघ डोटीका अध्यक्ष टेलरले बताउनुभयो ।

नगरपालीकाले बनाउने निति तथा कार्यक्रममा निशुल्क तथा अनिबार्य शिक्षा, भुमि माथिको पहुच, खाद्य सम्प्रभुताको अधिकार रोजगार सम्बन्धि हक, सामाजिक सुरक्षा, लैङ्गिक समानता, बालबालिकाको हक,अंपागता भएका व्यक्तिहरुको अधिकार सङ्ग सम्बन्धित कानुन तथा नीतिनिर्माण प्रक्रियामा नागरिक संस्थाको अनिवार्य सहभागिता हुनुपर्ने सहभागीहरुले बताएका थिए। संबिधानले परिकल्पना गरेबमोजिम लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रबर्द्धनका लागि स्थानिय तहहरुले निति तथा कानुन तर्जुमा नगरेकोले ज्ञापन-पत्र बुझाएको उक्त संस्थाका सामुदायीक बिकास अधिकृत शंकर बिश्वकर्माले बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा