कानुन निर्माणमा जोड दिन माग गर्दै शिखर नगरपालीका प्रमुखलाई ज्ञापन पत्र बुझाइयो

डोटी
डोटी
August 28, 10:11

२०७७ भदौ१२ गते,शुक्रबार
चक्र बलायर,डोटी
महिलामैत्री कानुन निर्माणमा जोड दिन माग गर्दै डोटीको शिखर नगरपालीकाका मेयरलाई ज्ञापन पत्र बुझाइएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र न्याय तथा अधिकार संस्था जुरी नेपालले संयुक्त रुपमा नगरपालीकालाई ज्ञापन पत्र बुझाइएको हो । यसअघि हिजो दिपायल सिलगढी नगरपालीकालाई पनि ज्ञापन पत्र बुझाइएको थियो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र न्याय तथा अधिकार संस्था जुरी नेपालको संयुक्त सयोजकत्वमा डोटीमा क्रियासिल रहेका बालबालिका तथा महिलाहरुका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको समन्वयमा शिखर नगरपालिकामा ज्ञापन पत्र बुझाइएको हो । लैंगिक समानता र सामाजिक समावेशीकरणको नीति तथा निमार्णको लागि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डोटीका अध्यक्ष कुमार टेलरको नेतृत्वमा गएको टोलीले शिखर नगरपालिकाका नगरप्रमुख सिताराम जोशीलाई ज्ञापनपत्र बुझाएको हो ।

नगरपालिका संग सम्बन्धित नीति तथा कार्ययोजनाको तर्जुमा गर्दा मौलिक हकको कार्यान्वय संग सम्बन्धित कानुन बनाउन नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको दलित समाज कल्याण संघ डोटीका अध्यक्ष कुमार टेलरले बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख जोशिले उक्त ज्ञापन पत्रमा समेटिएका बिषयलाई सम्बोधन गरीने बताउनुभयो । निति निमार्ण प्रक्रियामा आफु सकारात्मक रहेको भन्दै उहाले आफ्नो नगरपालिकामा लैंगिक समानता कायम गर्दै सामाजिक समावेशीकरण को अबधारणा ल्याउन आफु प्रतिबद्व रहेको बताउनु भयो ।

नगरपालीकाले बनाउने निती तथा कार्यक्रममा निशुल्क तथा अनिबार्य शिक्षा, भुमि माथिको पहुच,खाद्य अधिकार,रोजगार सम्बन्धि हक, सामाजिक सुरक्षा , लैगिक समानता, बालबालिकाका हक, अंपागता भएका व्यक्तिहरुको अधिकार सङ्ग सम्बन्धित कानुन तथा नितिनिर्माण गर्दा नागरिक संस्थाको सहभागिता गरिनुपर्ने नागरिक संस्थाहरुले माग गर्दै आएका छन।

संबिधानको परिकल्पना गरेबमोजिम लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रबर्द्धनका लागि स्थानिय तहहरुले निति तथा कानुन तर्जुमा गर्न ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाइएको जुरी संस्थाका सामुदायीक बिकास अधिकृत शंकर बिश्वकर्माले बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा