गाउँनै सिल गरिएको हप्ता दिन पछि बोगटान गाउँपालिका वडा नम्बर ४ को दुवातल गाउँमा भोलि स्वाब संकलन गरिने

डोटी
डोटी
August 29, 8:43

२०७७ भदौ १३गते,शनिबार
चक्र बलायर,डोटी
बोगटान गाउपालीकाको वडा नम्बर ४ दुवातल गाउँमा भोली स्वाब संकलन गरीने भएको छ । भारतबाट आएका युबालाई कोरोना संक्रमण पुष्टि भएपछी सिल गरिएको उक्त गाउँमा भोली स्वाब संकलन गरीने बताइएको छ । उक्त गाउका बासिन्दाले गाउँनै सिल गरीएको हप्ता दिन बितिसक्दा पनी अझै कन्ट्रयाक्ट ट्रेसिङ मार्फत स्वाब संकलन हुन नसकेको भन्दै गुनासो गरीरहेका छन ।

जनताको गुनासो बढेपछी भोली स्वाब संकलन गरीने वडा अध्यक्ष दिप बहादुर बमले जानकारी दिए। संक्रमित युवाको परीवारका २० जना संगै उनिहरुको सम्पर्कमा आएका थप १० जनाको स्वाब संकलन गरीने उनले बताए। स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली त्यहा पुगीसकेको बताइएको छ। भारतबाट आएका २२ बर्षिय युबालाई कोरोना संक्रमण पुष्टि भएपछी उक्त गाउलाई सिल गरिएको थियो । तर गाउँलाई सिल गरीएको भनिए पनि भिडभाड र आवत-जावत नरोकिदा संक्रमण फैलिने चिन्ता गरिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा