नेपाली कांग्रेस डोटीका नेताहरुद्वारा मन्दिर निर्माणका लागि आर्थिक तथा जिन्सी सहयोग प्रदान

Doti
Doti
September 05, 8:45

चक्र बलायर डोटी
२०७७ भाद्र २० गते शनिबार

Doti

कुमालीकोटका स्थानिय बासिन्दाले स्वस्फुर्त रुपमा मन्दिर निर्माण गर्न थालेपछी उक्त मन्दिर निर्माणका लागि नेपाली कांग्रेस डोटीका नेताहरुले आर्थिक सहयोग प्रदान गरेका छन।
डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं. ४ कुमालीकोटमा निर्माण भैरहेको भगवती मन्दिरका लागी के अाई सिंह गाउपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले २१ हजार १ सय २१ सहयोग गरेकाछन । नेपाली कांग्रेसका क्षेत्रिय सभापति बिजय खड्काले १२ हजार ५ सय रुपैया सहयोग गरे भने के अाई सिंह गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हर्क बहादुर बिष्टले रु ११ हजार १ सय १ सहयोग गरेका छन।

Doti

यसैगरि मन्दिर निर्माणका लागि दिपायल सिलगढी नगर पालिका वडा नम्वर ४ का वडा अध्यक्ष बिरेन्द्र शाहले रु१५ हजार ५ सय प्रदान गरेका छन भने वडा सदस्य डिलबहादुर कठायतले रु ५ सय सहयोग गरेका हुन।

Doti

नेपाली कांग्रेसका जिल्ला सदस्य तथा गृह प्रशासन बिभाग डोटी सदस्य जित बहादुर खड्काले ३१ कट्टा सिमेन्ट सहयोग गरेका छन। यस अघि दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले १० कट्टा सिमेन्ट सहयोग गरेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा