बेहोस अवस्थामा फेला परेका खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै निधन

Doti
Doti
October 06, 3:00

२०७७,असोज २० गते
चक्र बलायर,डोटी

बेहोस अवस्थामा फेला परेका विनोद खड्काको निधन भएको छ ।

आदर्श गाउँपालिका वडा नं. १ बाँझ घर भएका खड्का मंगलबार बिहान बडिकेदार गाउँपालिका वडा नम्बर १ विपि नगरबाट दुई किलोमिटर अगाडी गोलेचौडमा बेहोस अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार घटना स्थलबाट सवा ८ बजे उद्धार गरेर विपिनगर स्वास्थ्य चौकीमा ल्याउँदा खड्का बेहोस अवस्थामा रहेकाले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई गाउँपालिकाको एम्वुलेनसमा धनगढी पठाईएको थियो ।

कार्यक्षेत्रमा जादै गर्दा बेहोस अवस्थामा फेला परेका खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै निधन भएको हो
मृतक खड्का केदार ग्रामिण विकास समाज नेपालले सहजिकरण गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत थिए ।

विपिनगरबाट गाउँपालिकाको कार्यालय तिर मंगलबार बिहान ५ बजे मोटरसाइकलमा हिडेका खड्कालाई गाउँपालिकाका कर्मचारी तिलम साउँदले बिहान ८ बजे मात्रै बाटोमा बेहोस अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज ईन्सपेक्टर लाल बहादुर ऐरले जानकारी दिए ।

खड्का सवार से ५ प २६३१ नम्बरको मोटरसाइकल सडकमा ढलेको अवस्थामा फेला परेको छ । मोटरसाइकलनमा कुनै पनि क्षेती नभएको र खड्काको शरिरमा चोट पटक समेत नदेखिएकोे इन्सपेक्टर ऐरले बताए । घटना के कति कारणले भएको हो भन्ने बारे अनुसनधान पछि मात्रै भन्न सकिने उनले बताए ।

मृतक खड्को शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याउदै गरेको आफन्तले जनाएका छन् । एनजिओकर्मीहरुले घटना संकास्पद भएकाले घटनाको गहिरो छानविन हुनुपर्ने माग राखेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा