मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीद्वारा एकल महिलाई राहत बितरण

Dhn
Dhn
October 12, 11:05

२०७७ असोज २६गते,सोमबार
चक्र बलायर ,डोटी
मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीले एकल तथा सिमान्तकृत महिलाहरुलाई राहात बितरण गरेको छ ।
मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीको अायोजनामा अाईतबार डोटीको पुर्विचौकि गाउपालिकामा रहेका सबै वडाका एक सयँ २० जना एकल तथा सिमान्कृत महिलाहरुलाई २५ केजि चामल,१ केजि दाल ,१ केजि चना ,३ पोका तेल,र १ पोका नुन,हातधुने साबुन,सेनिटाईजर,मास्क र सेनिटरि प्याड लगायतका स्वास्थ्य सामग्री समेत बितरण गरिएको थियो ।

कोरोनाको माहामारिले एकलमहिला ,अंपाग,बेसाहारा तथा सिमान्तकृत महिलाहरुको दैनिकि कष्टकर भईरहेको बेलामा केही राहत मिलोस भनी राहात सामग्रि बितरण गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीका कार्यक्रम संयोजक लक्ष्मि देउबा बमले बताए ।

उक्त खाद्यान्न तथा स्वास्थ्य सामग्री ग्रहण गर्दै कोरोनाले गर्दा कामकाज केहि नभएको र अाफ्नो कमाई गर्ने केही बाटो नभएका बेला यो सामग्रिले अाफुहरुलाई धेरै ठूलो राहात मिलेको स्थानिय बिस्ना देबि नेपालिले बताईन ।
अाफु बेसाहारा र अशक्त भएका बेला अाफुसंग खानेकुरा नभएपछि साझ बिहानको छाक टार्न समेत मुस्किल भएकाे बेला यसरी खाद्यान्न सामान पाउँदा अाफु धेरै खुसिभएको ६५ बर्षिया स्थानिय कलु देबि कोलिले बताउनु भयो ।

दिपायल सिलगढी नगरपालिका र पुर्विचौकि गाउपालिकामा रहेका ३ सयँ एकल,असहाय,अंपाग र सिमान्तकृत महिलाहरु मध्ये आईतवार पुर्विचौकि गाउपालिकामा १ सयँ २० जना महिलाहरुलाई सामग्रि बितरण गरिएको छ भने सोमबार र मङ्गलबार दिपायल सिलगढी नगरपालिकामा रहेका १ सय ८० जना एकल तथा असहाय महिलाहरुलाई बितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक बमले बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा