४० लाख ठगी गर्ने एकजना प्रक्राउ

news
news
June 17, 8:21

बैतडी,असार ३
बिभिन्न आर्थीक प्रलोभन देखाउदै झण्डै ४० लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा बैतडीमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाटन नगरपालिका २ का कमल राम बिकलाई इलाका प्रहरी कार्यालय पाटनले बुधवार नियन्त्रणमा लिएको हो । बिमा गरिदिने बताउदै ४० देखि ४५ लाख रुपैया सम्म लगेर फरार भएको पाइएका उनलाई बुधवार घरबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,  प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
सिटिजन लाइफ इन्स्युरेन्स कम्पनीमा बिमा गरिदिने र बिभिन्न अनुदान पनि पाईने भन्दै स्थानिय तथा ब्यावसायीहरुलाई ठगेको पाइएको छ । जिल्लाको सिगास गाउपालिकाका ६० जना र कञ्चनपुरका २० जनाले प्रहरीमा सम्पर्क गरेका छन । कञ्चनपुरबाट २५ लाख लगेको र बैतडीको सिगास गाउँपालिकाबाट १८ लाख लगेको भनेर उजुरी आएको इलाका प्रमुख शाहीले बताउनुभयो । अहिले इलाका प्रहरी कार्यालय पाटनमा कञ्चनपुरबाट ४ जना र सिगास गाउँपालिकाबाट २० जना प्रहरीकोमा पैसा ठगी गरेको भन्दै उजुरी लिएर पुगेका प्रमुख शाहीले बताउनुभयो । अझै पनि धरै ब्याक्तीहरु सम्पर्क आउने क्रम जारी रहेको उहाले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा