ढल निकास नहुँदा समस्या 

news
news
June 17, 10:51

बैतडी,असार ३ –बैतडी सदरमुकाममा ढल निकासको उचित व्यवस्था नहुँदा समस्या हुने गरेको छ । हरेक बर्ष बर्षातको समयमा ढल निकास नहुँदा बर्षातको भेल सडकमा बग्ने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । 
मंगलबार राती परेको बर्षाका कारण ढल निकास नहुँदा दशरथचन्द नगरपालिकाको भवन समेत जोखिममा परेको बताइएको छ । ढल निकास नहुँदा जताततै बर्षातको भेल बगिरहेको स्थानीय आनन्द भट्टले जानकारी दिए । ढल निकासको व्यवस्था नहुँदा पहिरोको जोखिम समेत बढ्दै गएको उनले बताए । उनले भने ‘सदरमुकाममा ढल निकासको व्यवस्था छैन् । यसले गर्दा बर्षातको समयमा सडकको पानी घरमै पुग्छ । घर नै बगाउने चिन्ता हुन्छ ।’
सदरमुकामको गढी क्षेत्रमा समेत ढल निकासको व्यवस्था नहुँदा बर्षातको भेल तल गाउँमा पुग्ने गरेको स्थानीयहरुले बताएका छन् । जिल्ला सदरमुकाममा ढल निकासको व्यवस्था नहुँदा बर्षातको समयमा समस्या हुने गरेको स्थानीय व्यापारी अम्बादत्त भट्टले बताए । 
गढी गोठलापानी सडक स्तरोन्नती गर्ने कार्य लामो समयदेखि चलिरहेको भएपनि अझै पूर्णता पाउन सकेको छैन् । गढी गोठलापानी सडकले पूर्णता नपाउँदा ढल निकासमा झन् समस्या भएको छ । 
आइतबारदेखि लगातार परेको पानीले गढी क्षेत्रमै समस्या निम्त्याएको स्थानीयहरुले बताएका छन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा