बर्षाका कारण ग्रामीण सडक अबरुद्ध
तिलक चन्द,बैतडी असार ४
वर्षाद शुरु भएसंगै बैतडीका कच्ची सडकहरुमा सवारी साधन सञ्चालनमा सास्ती भएको छ । वर्षादका कारण सडक हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा सास्ती भएको हो ।
केही दिन देखीको लगातारको वर्षादका कारण ग्रामिण सडकहरु बन्द भएका छन् । वर्षादले ग्रामिण कच्ची सडकहरु हिलाम्य भएर सवारी साधन सञ्चालनमा सास्तीभएको सुर्नया २ का जीप चालक नरेन्द्र विष्टले जानकारी दिनुभयो । सुर्नया सतबाँझ सिरभाबर सडक खण्ड, स्यागैर सुर्नया सडकखण्ड वर्षादले हिलाम्य भएपछि गाडी सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ ।वर्षादले ग्रामीण सडक हिलाम्य भएपछि अत्यावश्यक सवारी साधन सञ्चालनमा कठिनाई भएको छ ।
हिलाम्य सडकहरुमा चिप्लीने डरले गाडी गुडाउन नसकिने अवस्था आएपछि युवाहरुले सुर्नयामा सञ्चालन गरेको आकस्मिक एम्बुलेन्स सेवा पनि प्रभावित भएको बताइएको छ । सुर्नया भित्र कच्ची सडक, कच्ची सडकमा वर्षादले गाडी गुडाउन सकिने अवस्था नभएपछि बिरामी नागरिकहरूलाइ अस्पताल पु¥याउनै
मुस्किल हुने देखीएको नेचुरल अर्गनाइजेनसका अध्यक्ष धनबहादुर विष्टले बताउनुभयो ।
सुर्नया भित्रका ग्रामीण सडकहरुमा गाडी गुडदैनन्, यो अवस्थामा कुनै नागरिकहरु बिरामी परीहाले अस्पताल सम्म लैजानका लागि पक्की सडक सम्म पु¥याउनै मुस्किल हुने उनको भनाइ छ । वर्षादको समयमा सुर्नया भित्र मात्र होइन नागरिकरुलाइ सडक सञ्जाल संग जोड्न खनिएका जिल्लाको अन्य ठाउँका कच्ची सडकहरुमा पनि सवारी साधन सञ्चालन हुने अवस्था कम छ । जसका कारण नागरिकरु समस्यामा छन् ।