जिल्ला प्रशासन कार्यालय दार्चुलाले बार अनुसार सेवा दिने 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले बार अनुसार सेवा दिने 
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बार अनुसार सेवा दिने 
June 24, 4:03

दार्चुला,असार १० –निषेधाज्ञामा खुकुलो गरेसंगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले अत्यावश्यक बाहेकका सेवाहरु पनि सुचारु गर्ने भएको छ । गएको वैशाखदेखि बन्द भएका सेवाहरु अबको आइतबारबाट शुरु हुने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए  ।
प्रत्येक स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिने गरेर नियमित सेवा सुचारु गर्ने तयारी भएको हो । यसअघि कोरोना भाईरसका कारण जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको थियो । अबको आइतबारदेखि बार अनुसार पालिकाका नागरिकलाई सेवा दिइने प्रमुख जिल्ला अधिकारी जोशीले बताए  ।
अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाका नागरिकलाई आइतबार र सोमबार सेवा दिइनेछ । यस्तै शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका नागरिकलाई मंगलबार र बुधबार सेवा दिइनेछ ।
यस्तै महाकाली नगरपालिका, व्यास गाउँपालिका र दुहुँ गाउँपालिकाका नागरिकलाई बिहीबार र शुक्रबार सेवा दिइने प्रशासनले जनाएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा