पुरानो सिमा नक्सा र स्ट्रीप नक्सा तत्काल सार्बजनिक गर्न सरकारसँग माग

news baitadi
news baitadi
June 27, 4:38

कञ्चनपुर, १३ असार । नेपाल–भारत सीमा क्षेत्रमा देखिएको सीमा विवादको समाधानका लागि सीमा क्षेत्रको पुरानो सीमा नक्सा र स्ट्रीप नक्सा तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरको आयोजनामा जनप्रतिनिधि, सीमा सुरक्षाकर्मी सहित सरोकारवालासँगको छलफल कार्यक्रममा नयाँ र पुरानो नक्सा सार्वजनिक गरी नागरिक स्तरसम्म त्यसबारे जानकारी दिने व्यवस्था सरकारले गर्नुपर्ने आवाज उठेको छ । 

बेलौरी उद्योग वाणिज्य संघको सभा कक्षमा आयोजित छलफल कार्यक्रममा समूहले गठन भएयता गरेका कार्यहरूको समीक्षा गर्दै आगामी कार्य योजना बारे समेत सुझाव लिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टले जानकारी दिनुभएको छ । कञ्चनपुर जिल्लामा राष्ट्रिय गौरवका योजना मध्येका हुलाकी राजमार्ग र महाकाली सिँचाइको मुख्य नहर समेतको केही भाग अहिले आएर भारतीय पक्षले आफ्नो दाबी गर्न थालेकोले सो सम्बन्धमा वृहत् छलफल भएको हो ।  

नेपाली जनताले भोग चलन गरेको दर्ता जग्गा पनि भारततर्फ पर्ने गरी स्ट्रीप नक्सा कुन नक्साको आधारमा बनेको हो ? त्यसको खोजीनितीका लागि सीमा क्षेत्रको पुरानो सीमा नक्सा र स्ट्रीप नक्सा तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको संयोजक भट्टले बताउनु भयो । त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुई क्षेत्रको हुलाकी राजमार्ग लगायत सीमा क्षेत्रमा भारतीय पक्षद्वारा अवरोध गरिएका निर्माण कार्य तत्काल कूटनैतिक पहल गरी समाधान गर्न सरकारसँग निरन्तर पहल गर्ने निर्णय समेत गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा