बैतडीमा ट्याक्टर दुर्घटना, दुई जना घाइते

news baitadi
news baitadi
June 29, 4:53

बैतडी –बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सडक मर्मतको काम गरिरहेको ट्याक्टर पाटन नगरपालिका ४ ठाँड नजिकै सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

पाटन तर्फ गईरहेको सु.प.प्र.०१००२ त ५३३५ नम्बरको ट्याक्टर सडक नालीमा पल्टिँदा बैतडीको पाटन नगरपालिका ४ का २७ बर्षीय सीता महरा र कैलालीको चुरे गाउँपालिका ५ खानीडाँडाका २३ बर्षीय गगन राना घाइते भएका छन् । 
घाइते दुवैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था समान्य रहेको बताइएको छ । ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका ९ का ३२ बर्षीय नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ट्याक्टर मंगलबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको बताइएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा