बैतडीको सामुदायिक वनमा जथाभावी फडानी प्रकरण : छानबीन समिति गठन

dfdfd
dfdfd
June 28, 3:55

बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ स्थित सिद्धनाथ सामुदायिक वनमा रुख काटिएको बिषयमा छानबीन गर्न सामुदायिक वन उपभोक्ता समितिले छानबीन समिति गठन गरेको छ । सोमबार बसेको सामुदायिक वन उपभोक्ता समितिले ३ सदस्यीय छानबीन समिति गठन गरेको समितिका सचिव मोहनबहादुर बिष्टले बताए । 

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दानसिंह बिष्टको संयोजकत्वमा गठन भएको छानबीन समितिको सदस्यमा मोहनबहादुर बिष्ट र सुना बिष्ट रहेका छन् । यस्तै समितिको सल्लाहकारमा सव डिभिजन वन कार्यालयका कर्मचारी केशवदत्त भट्टलाई राखिएको सचिव बिष्टले बताए । 

सिद्धनाथ सामुदायिक वनमा जथाभावी रुपमा रुख कटानी फडानी भएको भन्दै स्थानीय उपभोक्ताहरुले गुनासो गरेपछि त्यसको छानबीनका लागि समिति गठन भएको हो । समितिले तीनदिन भित्र प्रतिवेदन बुझाउने निर्णय भएको छानबीन समितिका सदस्य मोहनबहादुर बिष्टले बताए । उनले भने ‘सामुदायिक वनभित्र कति रुख काटिएका छन् । रुख, लोथ्रा वा पोथ्रा के कति काटिएका छन् । त्यो बिषयमा हामी स्थलगत अनुगमन गरेर प्रतिवेदन दिन्छौं ।’

नेपाल राष्ट्रिय मावि सिउडेको भवन निर्माणका लागि सामुदायिक वनबाट निर्माण समितिले जथाभावी रुख काटेर रातीको समयमा काठ ल्याएको आरोप लागेको छ । सोमबार सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अलंकार ढुंगाना समेतको उपस्थितीमा छानबीन समिति गठन भएको हो । छानबीन समितिले प्रतिवेदन दिएपछि के कति रुख काटिएको हो भन्ने बिषयमा जानकारी हुने छानबीन समिति सदस्य बिष्टले बताए । 

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा