बैतडीको सिगासमा एकल महिलालाई बाख्रा वितरण
July 03, 7:53
बैतडी –बैतडीको सिगास गाउँपालिकाले एकल महिलाहरुको जिविकोपार्जनका लागि बाख्रा वितरण गरेको छ । गाउँपालिकाभरी रहेका २० बर्ष भन्दा माथिका र ४० बर्षभन्दा मुनिका एकल महिलालाई बाख्रा वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिइन् ।
प्रति व्यक्ति एक बाख्रा दरले बाख्रा वितरण गरिएको उनले बताइन् । गाउँपालिकाभरी रहेका ६५ जनालाई बाख्रा वितरण गर्ने कार्यक्रम रहेको छ । अन्य वडाका महिलाहरुलाई बाख्रा वितरण गरिसकिएको छ भने वडा नं ७ र ८ मा मात्रै बाँकी रहेको उनले बताइन् ।
बाख्रा पालन व्यवसायबाट एकल महिलाहरुलाई जिविकोपार्जनमा सहज होस भनेर बाख्रा वितरण गरिएको उपाध्यक्ष चन्दले जानकारी दिइन् । महिला लक्षित कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएका जनाइएको छ । गाउँपालिकाले बाख्रा वितरण गरेपछि जिविकोपार्जनमा सहज हुने एकल महिलाहरुले बताएका छन् ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा