धनगढी जेसिजद्धारा उप–महानगरपालिकालाई ग्लोब्स हस्तान्तरण

news doti
news doti
July 11, 3:33

धनगढी, २७ असार
धनगढी जेसिजले कोरोना रोकथाममा खटिने कर्मचारीहरका लागि ग्लोब्स हस्तान्तरण गरेको छ ।

धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टलाई १ हजार ५ सय ग्लोब्स हस्तान्तरण गरेका हुन । जेसिजले धनगढी उप–महानगरपालिकालाई ग्लोब्स उपलब्ध गराएकोमा धन्यवाद दिदै उप–प्रमुख भट्टले जेसिज नेतृत्वमा रहेको उर्जा, तत्परता र समन्वय गर्न सक्ने क्षमताका कारण समस्याको बेलामा सहयोग प्राप्त भैरहेको बताईन ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले ग्लोब्सको अभाव भैरहेको अनुरोध गर्ने बित्तिकै जेसिजले सहयोग गरेको बताए । धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले धनगढी उपमहानगरपालिका संगको सहकार्यलाई निरन्तरता दिने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा