शैलेश्वरी मन्दिरको मूल द्वारमा लगाइयो चाँदीको ढोका

news doti
news doti
July 11, 8:48

डोटी । डोटीको सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शक्ति पीठ शैलेश्वरी मन्दिरको भित्र जाने मूल ढोकामा चाँदीको ढोका लगाइएको छ। आइतबार पूजाआजा तथा क्षमा याचना सहित मन्दिरको मूल प्रवेशद्वारमा चाँदीको ढोका लगाइएको हो।

शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेम शङ्कर भट्टका अनुसार  पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालय प्रदेश  अन्तर्गत भू तथा जलाधार व्यवस्थापन र  क्षेत्र विकास समितिको  सहयोगमा चाँदीको ढोका बनाएका हो । ५० लाखको लागतमा बराह ज्वर्लस इन्डष्ट्सले सो ढोका काठमाडौँले बनाएको हो। 

news doti

उनले भने,' देशकै प्रसिद्ध शक्तिपिठ मध्ये शैलेश्वरी मन्दिर पनि  हो। मन्दिरको पुरानो ढोका जीर्ण भएकाले पहिले देखि चाँदीको ढोका लगाउने निर्णय गरेका थियौँ । अहिले बल्ल सफल भयौँ ।'    पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालय सुदूर पश्चिम प्रदेशको ४० लाख र शैलेश्वरि क्षेत्र विकास समितिबाट  १० लाख गरी ५० लाखको लागतमा ढोका बनाएको शैलेश्वरी क्षेत्र विकास समितिले जनाएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा