बैतडीका युवाहरुको 'समाजका लागि सामाजिक अभियान'

news
news
July 27, 8:59

धनगढी: बैतडीका युवाहरुले सामाजिक सञ्जाल फेसबुकमा 'समाजका लागि समाजिक अभियान' नामक समूह स्थापना गरी विभिन्न समाजिक, धार्मिक एवम् भौतिक निर्माणका कार्य गरिरहेका छन्।

पाटन नगरपालिका -४ बगाडीका युवाहरुले प्रवासमा रहेका तिलक चन्दको नेतृत्वमा विभिन्न सामाजिक कार्यहरु गरिरहेका हुन्। युवाहरुको सो समूहले हालै मात्र उदयदेव ठाकुर गौरा माताको मन्दिरमा घेरपर्खाल पुनः निर्माण गरेको समूहका युवा नरेन्द्र चन्दले बताए। करिब १० लाख रकम संकलन गरी घेरपर्खाल पुनः निर्माण कार्य सम्पन्न गरिएको उनले बताए।

यस्तै सुर्नया गाउँपालिका -२ मा रहेको एशियाकै गहिरो गुफा पतालभुमेशवर धार्मिक पर्यटकीय स्थलको मुखयद्वार करिब ६ लाखमा निर्माण गरेो चन्द बताउँछन्। सो रकम पनि आफूहरुले सकंलन गरेको उनले बताए। स्थानीय सरकारले गर्न नसकेका कार्य युवाले स्वस्फुर्त रुपमा समाजिक सञ्जालबाट गर्नु सरकारका लागि चुनौतिको विषय रहेको उनको भनाइ छ। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा