दार्चुला घटनाको विरोधमा बैतडीमा प्रदर्शन

news dhn
news dhn
August 03, 11:26

बैतडी: दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर नेपाल कम्युनिस्ट पार्टी पाटन नगरकमिटीले बिरोध प्रदर्शन गरेको छ। सोमबार दिउँसो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा पाटन बजारमा बिरोध प्रदर्शन गरेको हो।

देशैभर बिरोध प्रदर्शनमा उत्रिएको पार्टीको कार्यक्रम अनुरूप नगरकमिटीले पनि प्रदर्शन गर्दै महाकाली नदीमा बेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको छ। 

प्रदर्शनकारीहरूले प्रर्दशनमा ‘भारतीय साम्राज्यवाद मुर्दाबाद, सिमानामा भारतीय ज्यादती बन्द गर, नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर’ लगायतका नारा लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी भारत भएर सदरमुकाम फर्कने क्रममा महाकालीमा बेपत्ता भएका थिए। जयसिंह चढेको तुइन भारतीय सीमा सुरक्षा बल(एसएसबी) का जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर बेपत्ता भएको स्थानीयले आरोप लगाएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा