अछामको सरानी गाउँ पहिरोको जोखिममा

sss
sss
August 06, 7:32

अछाम: लगातारको वर्षाका कारण मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ ।

गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो । १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा रहेको छ । अहिले पनी सो क्षेत्रमा पानी परिरहेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाहरुले आफुलाई सुरक्षित स्थानमा सारिदिन आग्रह गरिरहेका छन् ।

पहिरो र गाउँको दुरी सय मिटरको रहेको छ । पहिरोका कारण स्थानीयबासीहरुको भोक निन्द्रा नै हराएको स्थानीय गोबिन्द खड्काले बताए । उनले भने,‘पहिरो बगीरहेको छ,खेतहरु भासिएको छ, कति बेला के हुने हो थाहै छैन ।’ सरानीको तल्लो टोलका २८ घर माथील्लो दलित टोलमा २५ घरधुरी पहिरोको जोखिममा परेको वडाध्यक्ष रमेशबहादुर खड्काले बताए ।

उनले भने,‘स्थलगत पहिरोको निरिक्षण गरेका छौ,उच्च जोखिममा रहेको परिवारलाई सुरक्षाकर्मीहरुको सहायतामा सुरक्षित स्थानमा सार्ने पहल भइरहेको छ ।’ दुई वर्ष पहिले पालिकाको वडा नम्बर ७ नन्देगडाका सुख्खा पहिरो पिडितहरुका लागी गाउँपालिकाकाले नमुना बस्ती समेत निमार्ण गरिदिएको छ । पहिरोका कारण १६ घरपरिवार विस्थापित भएका थिए ।

गत वर्ष बाढी पहिरोका कारण जिल्लामा ठूलो धनजनको क्षति भएको थियो । भदौ २ गते कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनीबजार बगाउँदा १७ जनाको ज्यान गएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा