सुन चोरी प्रकरण: दुई जना कारागार चलान

news
news
August 06, 11:16

बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीका न्यायधिश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटना संलग्न रहेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा संलग्न भएका दोगडाकेदार गाउँपालिका १ रीमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको हो ।  यस्तै मन्दिरबाट चोरिएको सुन खरीद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटी रिहा भएका छन् । उनीहरु जनही ५० हजार रुपैंया धरौटीमा रिहा भएका प्रहरी निरीक्षक ओझाले बताए । 

यस्तै मन्दिरको सुनचोरी प्रकरण पक्राउ परेका दोगडाकेदार गाउँपालिका १ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।  लटिनाथ मन्दिरको सुन गत मंसिर चोरी भएको भएपनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए । मन्दिरको सुन चोरिएको बिषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी दिएको थियो । उजुरी पछि प्रहरीले पौने चार तोला सुन सहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।  

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा