कैलालीमा बढ्यो लागूऔषध कारोबार

August 07, 2:59

धनगढी — कैलालीमा २० दिनयता लागूऔषध सम्बन्धित १९ घटना प्रहरीमा दर्ता भएका छन् । साढे ५ किलोभन्दा बढी चरेस, करिब ६५ ग्राम ब्राउन सुगर, र नाइट्रमेभेटको चार दर्जन ट्याब्लेट बरामद गरेको छ ।

डीएसपी प्रतकि विष्टले दिनहुँजसो लागूऔषध सेवनकर्ता र कारोबारी पक्राउ पर्ने गरेको बताए । उनका अनुसार साउन महिनामा मात्रै ब्राउनसुगरका १५ घटनामा २१ जना, नाइट्रभेटमा १ र चरेसका ३ घटनामा ४ जना गरी २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । तर, प्रहरीले लागूऔषधका ठूला कारोबारीलाई भने पक्राउ गर्न सकेको छैन ।

डीएसपी बिष्टले कैलालीमा खुला सीमाको कारण लागूऔषध कारोबार बढेको बताए । उनका अनुसार ब्राउन सुगर, नाइट्रोभेट टेवलेट जस्ता लागूऔषध भारतबाट भित्रिने गरेको छ । चरेस मात्रै नेपालबाट भारत जाने गरेको छ । प्रहरीले लागूऔषध बरामद र कारोबारी पक्राउ अधिकांश सेवनकर्ताको बस्ने अड्डाबाट मात्रै गरेको छ । उनले यो वर्ष ७ भारतीय नागरिक लागूऔषधको केसमा पक्राउ गरेको जनाए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा