बडिमालिका चिनाउन साइकल यात्रा

news doti
news doti
August 18, 4:27

भदौ २ , बाजुरा। सुदूरपश्चिमका साइकल यात्रीहरूले बडिमालिका यात्रा शुभारम्भ गरेका छन्। साइकल यात्री भारत विक्रम शाह सहितको ११ जनाको टोलीले सुदूरपश्चिमको धार्मिक गन्तव्यलाई प्रचारप्रसार गर्ने उदेश्य सहित यात्रा सुरु गरेका हुन्।

कैलाली को सिलगढी बाट  यात्रा सुरु गरेको टोलीले करिब ४ दिनमा साइकल यात्राबाट बडिमालिका पुग्ने लक्ष्य लिएको छ। टोली आज  मार्तडी पुगेको छ भने यात्राको क्रममा विभिन्न स्थानमा क्याम्पिङ  गर्दै स्वास्थ्य सामग्री समेत वितरण गर्ने योजना बनाएको भरत विक्रम शाह ले बताएका छन्।

” बडिमालिका माता रानीको दर्शन यात्रा सङ्गै इतिहासमै पहिलो पटक साइकल सहित बडिमालिका पुग्न हाम्रो टोली बाजुराको मार्तडी पुगेको र समग्र सुदूर पश्चिम को पर्यटनलाई हाम्रो साइकल यात्राले थप उचाइमा पुर्‍याउने छ भन्ने हामीले आशा लिएका छौँ शाहले भने। “

४२०० मिटरको हाइटमा  रहेको बडिमालिका सुदूरपश्चिम को एक महत्त्वपूर्ण धार्मिक गन्तव्य हो। प्रख्यात र शक्तिशाली हुँदा हुँदै पनि भौगोलिक विकटता र प्रचारप्रसार को अभावमा छायामा पर्दै आएको छ।  यही कुरालाई मध्यनजर गर्दै यस साइकल यात्रीको टोलीले साइकल यात्रा बाट  पनि बडिमालिका पुग्न सकिन्छ , इच्छा भयो भने माता ले नै यहाँ सम्मको यात्रामा सहजता पुर्‍याउनुहुन्छ  र हाइ अल्टिच्युडमा साइकल खेल समेत गर्न सकिन्छ भन्ने जनमानसमा सकारात्मक सन्देश जाओस् भन्ने हेतुका साथ यात्रा सुरु गरेको हो।

बडिमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुटी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लावासीको गुनासो छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा