पश्चिम सेती निर्माणमा प्रधानमन्त्री देउवाको विषेश चासो : उच्च स्तरीय टोली निर्माण स्थलमा

news
news
September 19, 12:45

डोटी– पश्चिम सेती निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष चासो देखाएका छन् । प्रधानमन्त्री भएको केही समयमै उनले देशकै गौरवको बहुचर्चित पश्चिम सेती परियोजना निर्माण गर्न पहल चालेका हुन् ।

२०३८ साल देखि चार्चमा रहेको पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन गर्न सरकारी उच्चस्तरीय टोली डोटीको दिपायल हुँदै परियोजना निर्माण स्थल ढुङ्गाड पुगेको छ । सुरुमा ६० मेगावाट त्यसपछि १ सय ३५ मेगावाट हुँदै ७ सय ५० मेगावाट विद्युत उत्पादन गर्ने उक्त योजना सुरु गर्न सरकारी उच्चस्तरीय टोली पठाईएको हो ।

शनिबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख सुशील भट्ट, उर्जा सचीव देवेन्द्र कार्की लगायत अन्यमन्त्रालयका सचिव र प्राविधिकहरु परियोजना बन्ने ड्याम क्षेत्रमा पुगेका हुन् ।

जलाशययुक्त उक्त पश्चिम सेती परियोजना स्वदेशी लगानीमा निर्माण गर्ने तयारी भैरहेको र उक्त योजना सम्पन्न गर्न सम्भावना अध्ययनका लागि टोली खटाईएको हो ।

सुदूरपश्चिम तथा देशको विकासका लागि पश्चिम सेती परियोजना निर्माण हुनु पर्ने माग राख्दै पूर्वमन्त्री वीरबहादुुर बलायरको नेतृत्वमा सुदूरपश्चिमका नेताहरुले डेलिकेसन लगेपछि उक्त योजनाको प्रारम्भिक कार्य अगाडी बढेको शिखर नगरपालिकाका मेयर सीताराम जोशीले बताए । पश्चिम सेती निर्माणका लागि चिन्तित प्रधानमन्त्री देउवाले त्यसपश्चात लगानी वोर्ड, राष्ट्रिय योजना आयोगका लगायतका सम्बन्धित मन्त्रालयका सचिव एवम् प्राविधिक खटाएको उनले बताए ।

शनिबार विहान डोटीको दिपायल पुगेको अध्ययन टोलीले ड्याम क्षेत्र, पावर हाउस क्षेत्र, सव स्टेसनको अध्ययन गर्नुका साथै स्थानीयको राय लिएको थियो । अध्ययन टोलीसँगै डोटी एवम् डडेल्धुराका जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

परियोजना निर्माण स्थलबाट बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले पश्चिम सेती परियोजनालाई प्रधानमन्त्रीले विशेष चासोको रुपमा लिएको बताए । वर्षौ देखि बन्न नसकेको योजना अहिलेको कसरी बनाउँन सकिन्छ, देश र स्थानीयलाई कसरी फाईदा हुन सक्छ भनेर अध्ययन गर्न आफुहरु सो क्षेत्रमा आएको उनले बताए ।

 

आफुहरुले पश्चिम सेती निर्माण, अध्ययनका लागि ६ महिनाको म्याण्डेट पाएको बताउँदै उपाध्यक्ष पौडेलले यो अबधिमा केही न केही गर्न सकिने बताए । ‘सम्माननीय प्रधानमन्त्री ज्युको परियोजना निर्माणमा विशेष रुची छ । हामीले प्राथमिकता, आर्थिक, सम्भावनाका रुपमा हेछौं, उनले भने,‘पछिल्लो समय देशमा विभिन्न परिस्थितिहरु परिवर्तन भएको छ । यसको नतिजा पनि परिवर्तन हुन्छ भन्ने हाम्रो सोचाई छ हामी अध्ययन गछौं र निर्माण कार्यलाई अगाडी बढाउँछौं ।’

परियोजनाको निर्माणका लागि डोटी पुगेको सरकारी उच्चस्तरीय टोलीलाई स्थानीयले बाजा गाजा, फुलमाला सहित स्वागत गर्दै योजानको काम अगाडी बढाउन अनुरोध गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा