बझाङमा हिरासत भित्रै ७७ बर्षीया वृद्धाको मृत्यु

news
news
November 20, 12:54

बझाङ, ४ मंसिर/ जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत भित्रै ७७ बर्षीया एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजेतिर हिरासतमै मृत्यु भएको हो ।

कर्तव्य ज्यान मृद्धामा कार्तिक २० गतेदेखी हिरासतमा रहेकी रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए ।
‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’ डिएसपी बिष्टले भने–‘अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो ।’

यता जिल्ला भएपछि अस्पताल बझाङका प्रमुख सन्दिप कुमार ओखेडाले मृतक रावललाई अस्पताल ल्याउनु अघि नै मृत्यु भइसकेको र पोष्टमार्टमको तयारी भइरहेको बताए ।
मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा कार्तिक २० गतेदेखी हिरासतमा थिए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा