Aagan-cakes-web-banner-2

बाजुरामा अटो दुर्घटनामा परि २ जनाको मृत्यु

एक
December 06, 10:24

धनगढी १९ मंसिर / बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिगंगा नगरपालिकाका पुर्ब शिक्षक खगेन्द्र पाध्याय र एक जना प्रकाश नेपाली रहेका छन ।४ जना घाईते मध्य दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुई जनाको अबस्था भने सामान्य रहेको प्रहरीको भनाई रहेको छ । अटोरिक्सा चालक बुढीगंगा १ अम्कोटका हेमराज पाध्याय फरार रहेको प्रहरीले जनाएको छ । सदरमुकाम मार्तडी देखि जडाङगा तिर जादै गरेको अटो साँझ ५ बजेर ३० मिनेटमा दुर्घटना भएको जनाएको छ । अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिको किनारमा परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सुदुरपशिचमका ५ जना सहित १३ प्रहरी सम्पर्कविहीन, ७ दिन…
काठमाडौं  १० माघ  / नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र… विस्तृतमा
बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु
धनगढी, १० माघ / धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मीक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर… विस्तृतमा
पत्रकार विश्वकर्माको निधनबारे छानबिन समिति गठन
काठमाडौं ९ माघ / निजामती कर्मचारी (सिभिल) अस्पताल पत्रकार लालबहादुर विश्वकर्माको निधनबारे छानबिन… विस्तृतमा
कैलालीमा आफ्नै श्रीमतीको हत्या
धनगढी,१० माघ । कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा… विस्तृतमा