प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम फाइनलमा

1
1
June 25, 7:01

महेन्द्रनगर, असार १०  
प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल रद्ध भएको छ।

महेन्द्रनगरस्थित खुला मैदान मंगलबार हुने तय भएको सुदुरपश्चिम प्रदेश र प्रदेश २ बीचको पहिलो सेमिफाइनल खेल रद्द भएको हो। वर्षाको कारण भिजेको मैदान नसुक्दा खेल हुन नसकेको हो।

हिलाम्मे मैदानको कारण खेल रद्द भएसंगै सुदुरपश्चिम प्रदेश फाइनलमा पुगेको छ।

सुदुरपश्चिम समूह विजेताको हैसियतमा फाइनल पुगेको हो। सुदुरपश्चिम समूह ुएु को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको थियो भने प्रदेश २ समूह्य बी को उपविजेता बनेको थियो।

प्रतियोगिताको नियम अनुसार समूहमा विजेता बन्ने टोली फाइनल पुग्ने थियो।

राखेको आयोजना र महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन्। यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५र१५ हजार पाउनेछ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा