सरकारी ल्यापटप फिर्ता गर्ने प्रतिबद्धता

news
news
February 10, 6:26

डोटी,२७ माघ / जिल्ला समन्वय समितिका पदाधिकारीहरूले सरकारी ल्यापटप कार्यालयमा फिर्ता गर्ने भएका छन् ।  बिहीबार पत्रकार सम्मेलन गरी जिल्ला समन्वय समिति प्रमुख राम बहादुर ऐरले फिर्ता गर्ने प्रतिबद्धता गरेका हुन् । बुधबार पाँचौ जिल्ला सभाबाट निर्णय गर्दै पदाधिकारीहरूले कार्यालयबाट बुझेका ल्यापटप टुटफुट भइ काम नलाग्ने अवस्थामा रहेकाले मिनाहा गर्नुपर्ने निर्णय गराएका थिए । सो सम्बन्धमा खप्तड अनलाईन पहिलो पटक समाचार प्रकाशन गरेपछि व्यापक आलोचना भएको थियो । 

पत्रकार सम्मेलनमा समन्वय प्रमुख ऐरले सभाबाट गरिएको निर्णय कानुन विपरित हुने भए फिर्ता गर्न तयार हुने बताएका छन् । खवरदारीका लागी पत्रकारहरूलाई धन्यवाद दिदै समन्वय प्रमुख ऐरले जिल्ला सभाले तत्कालीन जिल्ला विकास समितिको नाममा रहेको बेरुजु आवश्यक प्रकृया पु¥याई मिनाहा गर्न सक्ने अधिकार भएकाले यस्तो निर्णय गरिएको बताए । ‘कानुनभन्दा माथि कोही छैन , बेरुजु देखिन्छ भने जुन अवस्थामा छ त्यही अवस्थामा सरकारी सम्पती फिर्ता गछौं ’ऐरले पत्रकार सम्मेलनमा जानकारी दिए । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा